साझा नेटवर्क
कतार, जेठ ३ ।
नेपाल पत्रकार महासंघ कतार शाखाले आफ्नो १८ औं स्थापना दिवस मनाउने भएको छ । सन २००६ मा कतारमा स्थापना गरिएको महासंघले आगामी मे १७ तारीख शुक्रबारका दिन “नेपाली राजदुतावासको सभाहलमा” विविध कार्यक्रमको आयोजना गर्दै स्थापना दिवस मनाउन लागेको हो ।
बिहान ११ बजेदेखी शुरु हुने कार्यक्रमको तयारी अन्तिम चरणमा रहेको शाखाका अध्यक्ष दिल कुमार श्रेष्ठले जानकारी गराए । उनका अनुसार हरेक वर्ष मे ११ मा पर्ने वार्षिकोत्सव यस वर्ष मे १७ मा मनाउन लागिएको हो ।
वार्षिकोत्सवमा नेपाली राजदूताबासका श्रद्देय महामहीम राजदूत डा. नरेश बिक्रम ढकालको प्रमुख आतिथ्यता एवं दोहाका विभिन्न संघ संस्थाका वरिष्ठ व्यक्तित्वहरु तथा नेपाली समुदायका माननीय व्यक्तित्वहरुको विशेष उपस्थिति रहने अध्यक्ष श्रेष्ठले जानकारी गराए ।
कार्यक्रममा आतिथ्यका लागि कतारमा स्थापित सम्पूर्ण नेपाली संघ-संस्था, सामाजिक व्यक्तित्वहरुलाई विभिन्न माध्यमबाट निमन्त्रणा प्रेषित गरिएको र कुनै कारणवश निमन्त्रणा पुग्न नसकेको भए यसै आव्हानलाई स्वीकार गरी उपस्थित भईदिन सम्वन्धित सबैमा शाखाका सचिव दिलिप पराजुलीले आग्रह गरेकाछन् ।
कार्यक्रम निर्धारित समयमा संचालन रहने र आसन ग्रहण प्रक्रिया नदोहोर्याउने व्यहोरा निमन्त्रणा पत्रमा उल्लेख गरिएको कार्यक्रम संयोजक तथा महासंघ उपाध्यक्ष अर्जुन पौडेल (ढाकाराम) ले जानकारी गराए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend