logo
  • शुक्रबार, असोज ९ २०८३

पोखरिया नगरपालिकामा अख्तियारको टोली

भ्रष्ट अधिकृत श्रीवास्तव त्राहीमाम


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

रंजित चौरसिया,वीरगंज १ जेष्ठ ।

पर्साको पोखरिया नगरपालिकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाको टोली मंगलबार बिहान करिब १०ः३० बजे पुगेको छ । टोलीले कार्यालयमा पुग्दा निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव सहितका केही कर्मचारीहरु अनुपस्थित रहेकोमा हाजिरी समेत कटा गरेको स्रोतले जनाएको छ ।

निमित्त अधिकृत श्रीवास्तवले अनुपस्थित रहंदा अख्तियारका कर्मचारीले फोन गरी कार्यालयमा बोलाएको स्रोतको कथन रहेको छ । सो नगरपालिकामा नियुक्ती लगायत अन्य विषयमा भ्रष्टाचार भएको सन्दर्भमा यस अनलाईनमा समाचार प्रकाशन भए पछि अख्तियारले पत्र पठाई कागजातहरु माग गरेको स्रोतको भनाई रहेको छ ।

तर अधिकृत अजय कुमार श्रीवास्तवले अटेर गरी समयमै कागजात नपठाए पछि अनन्तः अख्तियारको टोलीले नै कार्यालयमा पुगी नियुक्ती, पोखरी लगायतका अन्य फाईलहरु आफ्नो नियन्त्रणमा लिई लगेको ती स्रोतले जनाएको छ । यस सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका प्रमुख उमाकान्त आचार्य सँग मोबाईल फोन गरी बुझ्दा वहाँले पोखरिया नगरपालिकामा पत्र पठाएर आवश्यक कागजात मागे पछि अटेर गरी नपठाएकोले केही कागजातहरु नियन्त्रणमा लिएको पुष्टि गरे ।

पोखरिया नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवको भ्रष्टाचार सँगै रासलिला काण्डले पोखरिया नगरपालिका गन्हाईसक्दा स्थानियवासीहरु आजित भएका छन् । भ्रष्टाचार गर्नमा सुक्ष्म अनुभव बटुलेका अधिकृत श्रीवास्तवले कार्यालयको कार्यभार सम्हाले देखि नै पोखरिया नगरपालिकालाई हरेक हिसाबले बदनाम गर्दै गराउदै आफ्नो दुनो सोझ्याउनमा माहिर रहेको उनका निकटवर्तीहरु बताउदंछन् ।

भौतिक पूर्वधार निर्माणको कार्यमा २० प्रतिशत र सामाजिक विकास तथा लक्षित वर्गको कार्यमा ३० प्रतिशत आन्तरिक कमिशन लिदै आएका अधिकृत श्रीवास्तवले अषाढ मसान्त नजिकन लाग्दा उनी आफ्ना दर रेटमा बढोत्तरी गरी २० प्रतिशतको ठाउँमा ३० प्रतिशत र ३० प्रतिशतको ठाउँमा ५० प्रतिशत लिने गरेको भुक्तभोगीहरु बताउंदछन् ।

हाल पोखरिया नगरपालिकाको विभिन्न वडामा तालिम नै सञ्चालन भईराखेको अवस्था छ भने मंगलबार कार्यालयमा नै स्वास्थ्य सम्बन्धि कार्यक्रम गरिएको थियो । बालुवामा पानी पटाए सरह भ्रष्ट अधिकृत श्रीवास्तवले कमिशनकै कारण तालिमलाई नै प्राथमिक्ता दिई राखेको स्थानियको आरोप रहेको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend