साझा नेटवर्क
टोपलाल अर्याल, गुल्मी, २५ बैशाख । रेसुङा नगरपालिकाले आगलागी नियन्त्रणमा खटने दमकल चालकसहितका कर्मचारीहरुलाई नगदसहित सम्मान गरेको छ । नगर स्थापना दिवसको अवसरमा नगरप्रमुख खिलध्वज पन्थी र प्रतिनिधि सभा सदस्य डाक्टर चन्द्र भण्डारीले दमकल चालक कमल पन्थीलाई नगद २० हजार र सम्मान पत्रले सम्मान गरेका छन । त्यस्तै प्रेम बहादुर मगर, बसन्त बस्नेत, जीवन पाण्डे र कृष्ण बहादुर थापालाई नगद १० हजारसहित सम्मान गरिएको छ ।
जिल्लाका १२ स्थानीय तह मध्ये रेसुङा नगरपालिकामा मात्र एउटा दमकल रहेको छ । रेसुङाको दमकलले आफ्नो क्षेत्रसहित गुल्मी दरवार, इस्मा, छत्रकोट, धुर्कोट लगायतका स्थानीय तहमा पुगेर आगलागी नियन्त्रण गरेको छ । छिमेकी पालिकामा समेत पुगेर आगलागीबाट ठुलो क्षती हुनबाट जोगाएको देख्दा निकै खुशी भएको मेयर पन्थीले बताए । जिल्लामा आगलागीले करिब डेढसय घरगोठ र २५ सय हेक्टर बन क्षेत्र जलेर नष्ट भएको छ ।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend