logo
  • शुक्रबार, असोज ९ २०८३

नवलपरासीमा श्रिमतीको हत्या गर्ने श्रिमान पक्राउ


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सहबान अन्सारी,नवलपरासी बैशाख २४ ।

नवलपरासीमा श्रिमतीको हत्या गरी फरार रहेका श्रिमानलाई तिन दिन पछी प्रहरीले पक्राउ गरेको छ । बैशाख २१ गते शुक्रवार रामग्राम नगरपालिका वडा नं.१६ सबुनी स्थित ३० बर्षिया ललिता कहाँरलाई श्रीमान जोखन कहाँरले घाँटी र कोखमा धारिलो हतियार (चक्कु) प्रहार गरी हत्या गरेको अभियोग प्रहरीले पक्राउ गरिएको हो ।

सोमवार पाल्हिनन्दन गाउँपालिका वडा नं.६ पडरी स्थित नेपाल भारत सिमानामा लुकीछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । श्रिमती हत्याको अभियोगमा पक्राउ परेका कहाँरलाई कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालत परासीबाट ५ दिनको म्याद थपगरि अनुसंधान भईरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend