साझा नेटवर्क
रंजित चौरसिया,बारा २४ बैशाख ।
बारा जिल्लाको फेटा गाउपालिका वडा नम्बर १ रजवटीयामा टोल सुधार समिति गठन गरिएको छ । भ्रष्टाचार बिरुद्धको अभियान अन्तर्गत रजवटीयामा २९ जना कार्यसमिति सहित टोेल सुधार समिति गठन गरिएको हो ।
फेटा गाउपालिका वडा नम्बर १ रजवटिया टोलका जनता सङ्ग पटक पटक भइरहेको बिभेद, बजेटमा भइरहेको भ्रष्टाचार, अनियमितता, शिक्षामा हुने गरेको कमि कमजोरी, कृष्कको नाममा भइरहेको ज्यादती, युवाहरूको भविस्य सङ्ग भइरहेको खेलवाड लगायत बिषयमा ध्यान केन्द्रित गर्दै टोल सुधार समिति गठन गरिएको स्थानीय युवाहरुले जनाएका छन ।
टोेल सुधार समितिको संयोजकमा शेषनाथ यादव, सह—संयोजकमा उपेन्द्र यादव, सदस्यहरुमा कृष्ण साह, सुदेश कुश्वाहा, जवाहिर पासवान, अमिर पासवान, सनोज कुमार यादव, विकेश पासवान, सेन्डो पासवान, अम्बिका पडित, रामकिसुन पडित, जितेन्द्र पासवान, छटु पासवान, राहुल पासवान, अमिरलाल पडित, श्रीलाल पासवान, राजसंकर पासवान, भोला कुमार पासवान, रामभरोस यादव, राकेश कुमार प्रजापति, देवलाल प्रसाद यादव, चन्द्रिका पडित, नथुनी पासवान, रमेश पासवान लगायत २९ सदस्यीय समिति गठन गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend