logo
  • शनिबार, साउन ३० २०८३

चर्चित गायक तथा सर्जक हुम गैरेको मौलिक पञ्चेबाजा गीत कालिपारे जन्ती सार्वजनिक (भिडियो सहित) 


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

 

काठमाडौं १८ बैशाख।  विशाल मुभिज प्रा.लि.अनामनगर काठमाडौ  मार्फत चर्चित गायक तथा सर्जक हुम गैरेको मौलिक पञ्चेबाजाको गीत कालिपारे जन्ती बजारमा सार्वजनिक भएको छ । गीतमा गायक गैरेलाई चर्चित गायिका जमुना रानाले स्वरमा साथ दिएकी छन् । 

गायक गैरे कै लय, शब्द तथा निर्देशनमा रहेको गीतमा चर्चित मोडेलहरू शरद एल.जि.,रबिना अधिकारी, सुन्दर बोहोरा अनि प्रिती गुरुङको उत्कृष्ट नत्य तथा जीवन्त अभिनय देख्न सकिन्छ । कुमार थापा मगरको संगीत संयोजन तथा ध्वनी मिश्रण रहेको मौलिक पञ्चेबाजा गीत कालिपारे जन्तीलाई डेनिश खनालले खिचेका हुन् । विगत दुई दशक देखी नेपाली गीत सङ्गीतको बिभिन्न विधामा क्रियाशील गायक तथा सर्जक हुम गैरेको मौलिक पञ्चेबाजा गीत कालिपारे जन्तीलाई सफलताको शुभकामना ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend