logo
  • शुक्रबार, असोज ९ २०८३

अग्लुङ्गका सामुदायिक बिधालय पुग्ने अभिभावकलाई हाजिरी संगै भत्ता


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,गुल्मी बैशाख १६ ।

गुल्मीको मदाने गाउँपालिका १ अग्लुङ्गले बिधालयका अभिभावकहरु लाई भत्ता दिने भएको छ । नयाँ शैक्षिकसत्र सुरु हुन लागेको अबसर पारि वडाले वर्षमा सबैभन्दा धेरै दिन बिधालयमा उपस्थित हुने अभिभावक मध्ये एकजना लाई भत्ता सहित सम्मान गर्ने निर्णय गरेको हो ।

पछिल्लो समय सामुदायिक बिधालयहरुको नतिजा खस्कदै गएको कुरालाई मध्यनजर गर्दै आगामी वर्षमा शैक्षिक स्तर सुधार गर्ने उदेश्य सहित वडाले यस्तो निर्णय गरेको हो । अग्लुङ भित्रका सम्पुर्ण सामुदायिक बिधालयहरुमा अभिभावक हाजिरी रजिस्टरकाे ब्यबस्था गरेर सबैभन्दा धेरै दिन बिधालयमा उपस्थित भएर आफ्ना छाेराछाेरिकाे पढाइको बिषयमा चासो राख्ने अभिभावक लाई शैक्षिकसत्रकाे अन्तिममा ३ हजार भत्ता सहित सम्मान गर्ने निर्णय भएको वडा अध्यक्ष सुशील चन्दले बताए ।

अभिभावकहरुकाे सामुदायिक बिधालयप्रति चासाे कम हुँदै गएको र बिधालयले पत्रचार गर्दा पनि उपस्थित नहुने समस्याले गर्दा शिक्षक, विद्यार्थी र अभिभावक बिच समन्वयन हुन नसक्दा एक रुपता आउन नसकि  विद्यालयले सोचेजस्तो गुणस्तरीय शिक्षा दिन र नतिजा हाँसिल गर्न नसकेको निचाेड निकाल्दै वडाले यस्तो निर्यण गरेको हाे ।

पछिल्लो समयमा सामुदायिक बिधालयहरुमा अभिभावकहरुमा चासाे घटदै गईरहेकाे छ । हाल अग्लुङ भित्र २ माध्यमिक र ४ आधारभूत गरि जम्मा ६ वटा बिधालय संचालनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend