logo
  • शुक्रबार, असोज ९ २०८३

नवलपरासीमा सवारी दुर्घटना १ जनाको मृत्यु १ जना घाईते


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सहबान अन्सारी,नवलपरासी बैशाख १६ ।

नवलपरासीमा सवारी दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । आईतवार सुनवल नगरपालिका वडा नं. १२ भुमही चोक स्थित पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्व तर्फ जादै गरेको युपी ५५ बि टी २५४६ नम्बरको ट्रकले सोही दिशा तर्फ जादै गरेको लु २६ प ९२८ नम्बरको स्कुटरलाई ठक्कर दिदाँ स्कुटरमा पछाडी सवार सुनवल नगरपालिका वडा नं.१३ सुन्दर बस्ती बस्ने ३८ बर्षिया कमला घर्ती मगरको मृत्यु भएको हो ।

सोही ठाउँ बस्ने स्कुटर चालक ५५ बर्षिय कर्ण बहादुर गुरुङ घाईते भएका छन । दुर्घटनामा परी घाईतेको सामुदायिक अस्पताल भुमहीमा उपचार भईरहेको प्रहरीले जनाएको छ। ट्रक चालक भारतको अजिङगढ बस्ने ३१ बर्षिय श्रवण यादव सहित दुबै सवारी साधन प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend