logo
  • शुक्रबार, असोज ९ २०८३

नवलपरासीमा ७ लाख बढीको अबैध सामान नियन्त्रणमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सहबान अन्सारी,नवलपरासी बैशाख १३ ।

नवलपरासीमा ७ लाख ५५ हजार ४१ रुपया बराबरको बिभिन्न अबैध सामानहरु प्रहरीले नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय नवलपरासी तथा मातहत प्रहरी इकाईहरुबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छलि ल्याउँदै गरेको बिभिन्न सामानहरु नियन्त्रणमा लिइ आवश्यक कारवाही प्रकृया अगाडी बढाइएको छ ।बिहिवार रामग्राम नगरपालिका वडा नं. १५ सुक्रौली स्थित सु ४ प ५०९३ नं. को मोटरसाईकलमा आर्मेक्स मार्फत अनलाईन सामान डेलिभरीको बहानामा ल्याउदै गरेको विभिन्न प्रकारका कस्मेटिक सामानहरु अस्थायी प्रहरी चौकी तोनवाबाट खटिएको प्रहरीटोलीले नियन्त्रणमा लिएको हो। यसैगरी प्रतापपुर गाउँपालिका वडा नं. ३ अमहवा स्थित भित्रीबाटोमा अवैध रुपमा ल्याउदै गरेको विभिन्न प्रकारका कस्सेंटिक सामानहरु तथा हेण्ह व्यागहरु ईलाका प्रहरी कार्यालय सेमरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

त्यसैगरी जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले जिल्लाका विभिन्न स्थानहरुबाट अबैध रुपमा ल्याउदै गरेको खाद्यान्न, लत्ताकपडा र खुद्रा किराना सामानहरु नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि महेशपुर भन्सार कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend