logo
  • शुक्रबार, असोज ९ २०८३

अग्लुङ्ग घडेरिका आगलागी पिडितलाई सहयोगी दाताहरुद्वारा खाधान्न,नगद तथा राहत सामग्री वितरण


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

दिपक थापा,गुल्मी बैशाख ११ ।

गुल्मी जिल्ला मदाने गाउँपालिका १ अग्लुङ्ग घडेरिमा  भएको आगलागीबाट प्रभावित परिवारलाई स्थानीय तह र नेपाल रेडक्रस,मदाने बिपत व्यवस्थापन समिती,जिल्ला बिपत्ति व्यवस्थापन समिती,संघ सस्था,राजनैतिक दल र सहयोगी दाताहरुले  खाधान्न तथा राहत सामग्री सहित नगद रकम,वितरण गरेका छन । ६ गते बिहीवार साझ बनमा सल्केको ८ गते सनिवार स्थानीयले नियन्त्रण गर्ने कोशिश गर्दागर्दै बस्तिमा पसे पछि नेप्टे मा तीन घर र टेक्कामा दुई गरि पाँच घर क्षेती हुनुका साथै पशु चौपायामा आंशिक क्षेती भएको छ । जिल्ला बिपत व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेल,जिल्ला प्रहरी प्रमुख,शसस्त्र प्रहरी प्रमुख,नेपाली सेनाका मेजर बन कार्यलय गुल्मीका प्रमुख पालिका का अध्यक्ष तथा उपाध्यक्ष विभिन्न कार्यलय प्रमुख तथा प्रतिनिधिहरुकाे उपस्थितिमा प्रती घरधुरी लाई रु २० हजार नगद तथा विभिन्न जिन्सि राहत सामाग्री बितरण गरेको छ।

यसै गरि  सेर बहादुर खड्का सहित मदाने १ वार्ड को प्रतिनिधि तथा कर्माचारीको टिमले दाल, चामल, नुन, तेल राहत उपलब्ध गराएको छ । त्यसैगरी मदाने गाउँपालिका बिपत्ति व्यवस्थापन समितिले  केही राहतका सामाग्री सहित घटना को प्रवृत्ति हेरि डोर बहादुर मल्ल लाई नगद रु, ४६ हजार,वसन्त मल्ललाई रु ४५ हजार, नक्कल मल्ललाई नगद रु,२२ हजार देउमान चन ठकुरीलाई नगद रु,३० हजार र देबसिहं सेन ठकुरीलाई नगद रु ३६ हजार उपलब्ध गराएको छ ।

त्यसैगरी उपशाखा पुर्कोटको समन्वयमा नेपाल रेडक्रस सोसाइटी गुल्मीले पीडित परिवारहरुलाई  प्रतिपरिवार त्रिपाल कम्बल,कपडा सेट, भाडा सेट प्रदान गरेको छ । त्यसैगरी नेकपा एमाले मदाने गाउँपालिका कमिटीका अध्यक्षले पार्टीको तर्फ देखि नगद रु १५ हजार  नगद सहित उपलब्ध गराउनु भएको छ । त्यसैगरी  पुर्कोट नागरिक समाजले केही थान ब्लाङ्केट र लगाउने कपडा हरु उपलब्ध गराएको छ।

त्यसैगरी सरगम सञ्जाल युवा क्लबले नगद रु १५ हजार उपलब्ध गराएको छ! मदाने गा.पा. १, ओख्लेदहमा संगठित समाज सुधार तथा जनचेताना अभियान संस्थाले संघ-संस्था तथा चन्दा संकलन गरि रु ५७७१०/- संस्थाका अध्यक्ष रेखिराम बोहोरा र सल्लाहकार राजेन्द्र बिष्टले पीडित परिवार घटनाको प्रकृति हेरि नगद उपलब्ध गराउनु भएको छ ।

त्यसै गरि मदाने गा.पा.५ मलागीरी निवासी अखिल थापाले नगद रु १५ हजार उपलब्ध गराउनु भएको छ । यसै गरि अग्लुङ्ग फेदी निवासी गोपाल बहादुर चन्दले नगद रु ५५ सय उपलब्ध गराउनु भएको छ । बिपत व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेल ले राहत वितरण गर्दै प्रदेश सरकार तथा केन्द्र सगं समन्वय गरेर तत्काल आवास पुन: निर्माण लाई पहल गर्ने बताउनु भएको छ ।

सोही अबसरमा मदाने गाउँ पालिका का अध्यक्ष महेन्द्र बहादुर कुवंरले दुःखको घडीमा सहानुभूति प्रकट गर्दै आगो नियन्त्रण तथा बिपत व्यवस्थापनमा स्थानीयको एकता र सहयोग उल्लेखनीय रहेको भन्दै प्रशंसा गर्नुभयो ।

आगलागी भएको खबर पाएदेखि नै स्थानियहरु संगै आगलागी नियन्त्रण देखि राहत वितरणको काममा आफु सक्रिय रहेको र स्थानीयको हर दुख सुखमा निरन्तर साथमा रहदै मलम लगाउने कर्ममा लागि रहेने वार्ड अध्यक्ष सुशील चन्दले बताउनु  भयो ।

प्रहरिको प्रतिबेदन अनुसार करोड भन्दा माथिको क्षेत उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend