logo
  • शुक्रबार, असोज ९ २०८३

लेखा प्रमुख मन्दीपको अशोभनीय कार्यले पोखरिया नगरपालिका बदनाम हुँदै


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

रंजित चौरसिया,वीरगंज ७ बैशाख। पर्सा जिल्लाको दोश्रो सदरमुकामको रुपमा चिनिने पोखरिया नगरपालिका भ्रष्टाचारजन्य कार्य लगायत अन्य काण्डमा पनि चर्चा कमाई रहंदा लेखा प्रमुख मन्दिप महतोको अशोभनीय कार्यले नगरपालिका थप बदनाम हुँदै गइरहेको समाचार प्राप्त हुन आएको छ । कमिसनको मामिलामा सेवाग्राही सँग अग्रिम पिसी (पर्सनल कमिशन) नलिईकन चेक नबनाउने बानी बसालेका महतोले रकमको मातमा नगरपालिकालाई बदनाम गराउँदै ऐयासी जीवन बिताउनमा मस्त रहने गरेको कर्मचारीहरू बताउँछन् ।

 भ्रष्ट महतोको ऐयासी जीवनको बारेमा उनका बुवा र आमाले केही महिना पहिले नगरप्रमुख प्रद्युमन चौहानलाई भेटी गुनासो गर्दा उनी लेखा प्रमुख महतोको सरुवा गराउन बाध्य भएको समाचार स्रोतको कथन रहेको छ । लेखा प्रमुख महतोको सरुवा भए पनि उनी पुनः प्रमुख चौहानलाई हारगुहार गर्दै आफ्नो सरुवा रोकाउन सफल भएको ती स्रोतले जनाएको छ । महतोको एैयासी जीवनलाई लिएर उनको घरमा प्रायः झगडा हुने गरे पनि उनी आफ्नो आचरणमा सुधार ल्याउन नसक्दा घर परिवार नै आजित भइसकेको जानकारहरू बताउँछन् । महतो पोखरिया नगरपालिकामा कार्यरत रहे पनि कार्यालयमा कम जाने गरेको र आफ्नो कार्यसम्पादन सेवाग्राहीहरूलाई झुलाउँदै वीरगंजबाट नै गर्ने गरेको भुक्तभोगीहरू बताउँछन् ।

 

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend