साझा नेटवर्क
रन्जित चौरासिया, वीरगन्ज २५ चैत्र । पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तवले नगरपालिकाको कार्यभार सम्हाले देखि भ्रष्टाचारलाई बढावा दिदै पछिल्ला दिनहरूमा हाईलेभलका मोजमस्ती रासलीला गर्दै गरेको कुरा सो कार्यालयमा व्यापक चर्चाको विषय बनेको छ । होली बितेको दुई दिन पछाडि अधिकृत श्रीवास्तव, जिन्सी प्रमुख मनोज साह र लेखा प्रमुख मन्दीप महतोले पार्टनरहरू सहित पर्यटकीय स्थल कास्की जिल्लाको पोखरा भ्रमण गर्न गएको जानकारहरू बताउँछन् ।
सोही भ्रमणलाई नगरपालिकाका कर्मचारी र जनप्रतिनिधिहरू बीच व्यापक चर्चाको विषय बनेको एक जनप्रतिनिधिले नाम नछाप्ने सर्तमा यस अनलाइनलाई बताए । होली पछाडि पोखराबाट फर्केपछि अधिकृत श्रीवास्तव एक दिन कार्यालयमा हाजिर भई त्यसपछाडि भारतको भ्रमणमा निस्की शनिवार फर्केर आइतबार २५ गते कार्यालय गएका थिए । कार्यालयमा जाँदा कर्मचारी र जनप्रतिनिधिहरूले राम्रो तरिकाले अधिकृत श्रीवास्तव सँग बोलचाल नगर्दा उनको अनुहारमा १२ बजेको ती जनप्रतिनिधिको भनाई रहेको छ ।
कमिसनको मामिलामा घिनाइसकेका अधिकृत श्रीवास्तवले सो कार्यालयमा हेल्थ ईन्सपेक्सनको दरबन्दी नभएतापनि भ्रष्टाचार को रकमबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई खुवाउँदै निमित्त पद जोगाउदै आएको स्रोतको कथन रहेको छ । भ्रष्टाचारको मामिलामा सूक्ष्म अनुभव बटुलेका भ्रष्ट अधिकृत श्रीवास्तवले करिब तीन महिना अगाडि नगरपालिकामा बिना सूचनाको करिब ७ जना कर्मचारी भर्ना गरेको स्रोतको भनाई रहेको छ । पोखरिया नगरपालिकामा कम्प्युटर अपरेटर र सुपरभाइजर पद रिक्त नभए पनि अमित चौहान, संदिप साह गोढ, सरोज चौहान, लोकेन्द्र साह कानु लगायत ७ जना मध्ये ५ जना सँग जनही २ लाखको दरले रकम लिई अधिकृत श्रीवास्तवले नियुक्ती गरेको स्रोतको कथन रहेको छ । २ जना कर्मचारी मेयर चौहानको नजिकको रहेकोले सो २ जनाले घुसको रकम नदिएको ती स्रोतको दाबी रहेको छ । यति मात्र होइन, पोेखरिया अस्पताल पर्साका निमित्त मेडिकल सुपरिटेन्डेन्ट संजु दास तात्वा सँग अधिकृत श्रीवास्तवले मिलोमतो गरी बिना सूचनाको करिब ५ दर्जन कर्मचारीहरु नियुक्त गरेको अस्पताल स्रोतको भनाई रहेको छ । प्रत्येक कर्मचारी सँग कम्तिमा २ लाख र बढीमा ४ लाख सम्म अधिकृत श्रीवास्तव र मेसु तात्वाले करोडौं रकम असुली केही कर्मचारीहरुलाई अस्पतालमा खटाए पनि केहीलाई नखटाउँदा सो अस्पतालमा खैलाबैला मच्चिएको स्रोतले जनाएको छ ।
कम्बल ओढेर घ्यु खादै आएका अधिकृत श्रीवास्तव र मेसु तात्वाको अनियमितता सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका नियमनकारी निकायले छानबिन गरी कारवाही प्रक्रिया अगाडि नबढाउँदा पोखरियावासीहरु दाँतले औँला टोक्न बाध्य भएका छन् । पोखरिया नगरपालिकाको भ्रष्टाचार र रासलिला आगो जस्तो फैलिन लागेपछि सो नगरपालिकालाई ठटटाको विषय बनाउँदै घोडवा नगरपालिका अचेल भन्ने गरिएको सुन्न थालिएको छ । अधिकृत श्रीवास्तवको भ्रष्टाचार र रासलिलाबाट आजित भएका केही जनप्रतिनिधि र ठेक्केदारहरु शनिवार राति छलफल गरेर आइतबार नै कालोमोसो दल्ने तयारी गरे पनि केही प्राविधिक कारणवश पछाडि हटेको स्रोतको भनाई रहेको छ । तर कुन बेला अधिकृत श्रीवास्तवलाई कालोमोसो दलेर बिदाई गर्ने हुन, छलफलमै रहेको ती स्रोतको भनाई रहेको छ । अधिकृत श्रीवास्तवको कारण पोखरिया नगरपालिका हरेक हिसाबले घिनाई सक्दा पनि समयमै मेयर प्रद्युमन चौहान, उपमेयर रुबी ठाकुर, वडाध्यक्षहरू लगायत जनप्रतिनिधिहरुले सचेत भएर अगाडि बढ्न सकेन भने बदनामी सिवाय अरु केही नहुने पोखरियाका सचेत नागरिकहको भनाई रहेको पाइएको छ । यस सन्दर्भमा अधिकृत श्रीवास्तव सँग फोन सम्पर्क गरी प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend