logo
  • शनिबार, साउन ३० २०८३

लोक गायक हुम गैरेलाई दशक गायक सम्मान 


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

 

नेप्को इन्टरटेनमेन्ट म्युजिक अवार्ड २०८० को फाइनल कार्यक्रम अनुपम फुड ल्यान्ड काठमाण्डौमा सम्पन्न भव्यता पूर्वक भएको छ । गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति प्रमानन्द झाको प्रमुख आतिथ्यता अनि गायक सर्जक जित सागर राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गीत संगीत सँग सम्बन्धित १७ विधाका करिब ३१ जना कलाकारहरूलाई सर्वोत्कृष्ट अवार्ड बितरण गरीयको थियो । सो कार्यक्रममा चर्चित गायक तथा सर्जक हुम गैरेलाई दशक गायकको रुपमा सम्मान प्रदान गरिएको थियो ।

 पाल्पा जिल्ला निस्दी गाउँपालिका ५ गल्धामा बुवा पुर्ण सिं गैरे र आमा कल्पना गैरेको कोखबाट जन्म लिई नेपाली मौलिक लोक तथा दोहोरी गीत संगीतको क्षेत्रमा विगत दुई दशक देखी निरन्तर रुपमा क्रियाशील गायक गैरे लोक दोहोरी गीतसंगीत मर्म,मान्यता र मर्यादालाई उच्च राखी यसको श्री वृद्धिमा निरन्तर लागी रहेका छन् ।

नेपाली लोक तथा दोहोरी गीत,लोक कला,साहित्य एवं समग्र गीत सङ्गीतको क्षेत्रमा निरन्तर रुपमा सक्रिय रहि गायनको माध्यमबाट नेपाली लोक संगीतको क्षेत्रलाई उचाईमा पुर्याउन अनब्रत रुपमा लागी परि रहेका एक होनहार गायक तथा सर्जकलाई सम्मानित गर्न पाउँदा कार्यक्रमको गरीमा अझ बढेको कुरा आयोजक समितिका अध्यक्ष जित सागर राउतले बताए । बरिष्ठ अग्रज कलाकार डा.भोला रिजाल, बरिष्ठ लोक गायिका सर्मिला गुरुङ सँगै आफू पनि सम्मानित हुन पाउँदा गर्भले छाति फुलेको र गीत सङ्गीतमा अझ शसक्त भएर लाग्ने उर्जा मिलेको कुरा दशक गायकको रुपमा सम्मानित गायक गैरेले बताए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend