logo
  • शुक्रबार, असोज ९ २०८३

नेसेन्ट एजुकेशनका सञ्चालक रञ्जित पडितको ठगी धन्दाले विद्यार्थीहरूको भविष्य अन्यौलमा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

रन्जित चौरासिया, वीरगंज २५ चैत्र। वीरगंज महानगरपालिका घण्टाघरको लिङ्करोडमा अवस्थित नेसेन्ट एजुकेसन फाउन्डेसन प्राइभेट लिमिटेडले पर्सा, बारा, रौतहटका विद्यार्थीहरुलाई गुमराहमा राखी पारुल युनिभर्सिटी भारतमा पठाउने गरेको समाचार स्रोतले जनाएको छ ।

 भारतको गुजरातमा रहेको पारुल युनिभर्सिटीको बारा, पर्सा, रौतहटको आधिकारित भर्ना प्रतिनिधि भएका नेसेन्टका सञ्चालक शिक्षा माफिया रंजित पडितले विद्यार्थी र अभिभावकहरूलाई गुमराहमा राखी ठगी धन्दा गर्दै गरेको आरोप लाग्ने गरेको छ । शिक्षा माफियाको नामले चर्चा कमाएका नेसेन्टका सञ्चालक पडितले पारुलमा पठाएको प्रति विद्यार्थी आफ्नो आन्तरिक मोटो कमिसन निश्चित गरेको बताइन्छ । नेपाल सरकारको मापदण्ड विपरित नेसेन्ट एजुकेशनमा सञ्चालन गरेका पडितले पारुल युनिभर्सिटीमा वार्षिक करिब २५० विद्यार्थी पठाए पनि नेपाल सरकारलाई कम विद्यार्थी देखाई लाखौं लाख राजस्व छलि गरिरहेको स्रोतको कथन रहेको छ ।

कैयौँ अभिभावक र विद्यार्थीहरूलाई झुक्याई पडितले रकम ठगी गरेपनि सो विद्यार्थीहरूलाई कबोल गरेको युनिभर्सिटीमा नपठाई हैरान गर्ने गरेको ती स्रोतको भनाई रहेको छ । पडितको ठगी कार्यमा सहयोग गर्दै आएका उनका केही दुतहरुले नक्कली सर्टिफिकेटको कारोबारमा संलग्न रहेको बुझिएको छ । विद्यार्थीहरूलाई बाहिर पठाउने र उनीहरु दुर्भाग्यवस फेल भएमा नेसेन्टका सञ्चालक पडितको टिमले नक्कली सर्टिफिकेट बनाएर दिने गरेको स्रोतले जनाएको छ । 

भारतको पारुल युनिभर्सिटीमा पढाई र छात्रावासको खानामा झिंगा, किरा, मुसा भेटिएको र ठगिएका पिडित विद्यार्थीहरुले केही दिन अगाडि स्थानीय प्रहरी प्रशासनमा निवेदन दिएका थिए । पारुल युनिभर्सिटीको व्यवस्थापन कमजोर रहेको कारण पढाई राम्रो नरहेको, छात्रावासका विद्यार्थीहरू गुटखा खानमा मस्त रहने गरेको र खानामा झिंगा, किरा र मुसा भेटिएकोले प्रमाणित भइराखेको अवस्था रहेको छ । पारुल युनिभर्सिटीको छात्रावासको खाना मानवीय खाना नरहेको र व्यवस्थापनको कमजोरीको कारण छात्रछात्रा बिग्रने गरेको कारण नेपालमा सो युनिभर्सिटीको प्रवेशमा रोक लगाउन शिक्षा विद्धहरुको भनाई रहेको छ । यसै सन्दर्भमा नेसेन्टका सञ्चालक रंजित पडित सँग मोबाइल फोन गरी प्रतिक्रिया लिन खोज्दा सम्पर्क हुन सकेन । मापदण्ड विपरित सञ्चालनमा रहेका नेसेन्ट एजुकेशनले ठगी धन्दा चलाउँदै, नक्कली सर्टिफिकेट बनाउने गिरोह राखेको आरोप लागि रहेकोमा वीरगन्ज महानगरपालिका, स्थानीय प्रहरी प्रशासन लगायतका नियमनकारी निकाय मौन रहेकोले शिक्षाविद्धहरु आश्चर्यचकित भएका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend