logo
  • शुक्रबार, असोज ९ २०८३

नवलपरासीमा भ्रष्टाचार विरुद्ध मोटरसाइकल र्‍याली


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सहबान अन्सारी, नवलपरासी चैत १० ।
नवलपरासीमा भ्रष्टाचार बिरुद्ध निर्वाचन क्षेत्र नं १ मा युवा समाजद्वारा मोटरसाइकल र्‍याली निकालिएको छ । सनिवार प्रतापपुर गाउँपालिका वडा न ७ मा उक्त र्‍याली निकालिएको हो ।
सुर्यपुरा चोकबाट सुरु भएको मोटरसाइकल र्‍यालीमा तस्करी, ठगी. भ्रष्टाचार भ्रष्टाचारीलाई कारागार, जनताको खबरदारी नउम्कुन भ्रष्टाचारी, जनताको यही समीक्षा, यस क्षेत्रको स्वभिमानको रक्षा, मतदाताको मत र स्वभिमानको रक्षा गरौं, भ्रष्टाचार बिरुद्धको अभियान जनताको सम्मान जस्ता प्ले कार्ड सहितका युवाहरु देखिन्थे ।

सोहि र्‍याली बसहिया, भुजहवा,पुसौली, भटवलिया, चिसापानी, बर्दघाट बरुवा पिपरपाती, गुठी परसौनी हुदै बेलाटारीमा आएर सम्पन्न भएको थियो । उक्त र्‍यालीमा करिब १ सयभन्दा बढी युवाहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend