कमल पौडेल चैत्र ०५,बागलुङ । बागलुङ जिल्लाको निसिखोला गाउँपालिका वडा नं. ६ स्थित जाउलेपानीमा रात्रिवस दुर्घटना हुँदा ७ जनाको मृत्यू भएको छ भने २० जना घाइते भएका छन्। रुकुम पूर्वबाट काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नं. को वस मध्यपहाडि लोकमार्गमा दुर्घटनामा परेको हो। बस सडकबाट करिव १ सय ५० मिटर तल पुगेको र उद्धारकार्य जारि रहेको घटनास्थलबाट इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरिक्षक राजकुमार वि.क. ले जानकारी दिनुभएको छ। घटनाको थप विवरण आउन वाँकी रहेको छ। मृतकको संख्या बढ्न सक्ने बताइएको छ। दुर्घटना साँझ ५ः२० मा भएको थियो।