logo
  • शुक्रबार, असोज ९ २०८३

बडिगाड गाउँपालिकाको आयोजनामा एस.इ.इ. दिने विद्यार्थीलाइ अभिमुखिकरण सम्पन्न


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, बागलुङ चैत्र ०४ ।
बडिगाड गाउँपालिकाको आयोजनामा एस.इ.इ. दिने विद्यार्थीहरुका लागि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ। बडिगाड गाउँपालिका भित्रका १५ वटा माध्यमिक विद्यालयका करिव ६ सय ५० विद्यार्थीहरुको लागि विज्ञान तथा अंग्रेजी विषयका विज्ञद्धारा अभिमुखिकरण गरिएको पालिकाले जनाएको छ।

अभिमुखिकरण कार्यक्रममा विज्ञान पाठ्यक्रम विज्ञ तथा पुस्तक लेखक, पाठ्यक्रम विकास केन्द्रका डा. चिन्तामणि पन्थी, अंग्रेजी पुस्तक लेखक तथा महेन्द्र आदर्श क्याम्पस ललितपुरका प्रमुख रोमहर्षि पन्थी र आदिम नेशनल कलेज काठमाडौंका प्रमुख एवं उत्प्रेरक वक्ता शंकर प्रसाद शर्माले विद्यार्थीहरुलाई विज्ञान तथा अंग्रेजी विषयलको लेखन तथा शिक्षाको जिवनमा हुने महत्वको सन्दर्भमा अभिमुखिकरण गर्नुभएको थियो।

सो कार्यक्रम वडा नं. १, २ र ३ का खड्कदेवि, त्रिभुवन र शिसाखानी माविको त्रिभुवन मावि खर्वाङमा, वडा नं. ४, ५ र ८ का बनस्पती, लौंगा, भानु, वेयलफियर, खार र भृकुटी माविको भानुमावि ग्वालीचौरमा र वडा नं. ६, ७, ८, ९ र १० का बुद्ध, भिमगिठे, खड्कजयन्ती, किटेनी, सिद्ध र दर्लिङ माविका भिमगिठे मावि भिमगिठेमा सम्पन्न भएको थियो।

यसै विच त्रिभुवन मावि खर्वाङमा भएको उद्घाटन कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद भुसालको अध्यक्षता, प्रधानाध्यापक ढालमणि भण्डारीको स्वागत मन्तव्य तथा शिक्षक कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।

कार्यक्रममा बडिगाड गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत पूर्ण बहादुर घर्ति, वडा नं. २ का अध्यक्ष ढाल प्रसाद शेरचन, वडा नं. ५ का अध्यक्ष विष्णु प्रसाद आचार्य, योजना शाखा प्रमुख कमल शर्मा, भिमगिठे माविका प्रधानाध्यापक सागर खरेल, खड्कदेवि माविका रमेश भेले, शिसाखानी माविका विजय कुमार अधिकारी लगाएतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend