logo
  • शुक्रबार, असोज ९ २०८३

नारायणी रङ्गशालाको पुनर्निर्माणमा गर्न सांसद यादवको माग, खेलकुदमन्त्रीको ध्यानाकर्षण


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

 काठमाडौं, १ चैत । जनता समाजवादी पार्टी (जसपा)का प्रमुख सचेतक प्रदिप यादवले वीरगञ्जको नारायणी रङ्गशाला पुनर्निर्माण गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै सांसद यादवले मन्त्रिमण्डल पुनर्गठन भएर नयाँ अर्थमन्त्री र युवा खेलकुद मन्त्री आएको भन्दै मधेश प्रदेशको गौरवको रुपमा रहेको ऐतिहासिक नारायणी रङ्गशाला पुनर्निर्माण अगाडि बढाउन माग गरेका हुन् । 

दुई अर्ब ६४ करोडको लागतमा पुनर्निमाण गर्ने भनेर चार वर्ष अगाडि डीपीआर बनेको र दुई वर्षसम्म आंशिक रुपमा काम भए पनि बजेट अभावले रोकिएको उल्लेख गर्दै यादवले बाँकी काम अगाडि बढाउन सरकारको ध्यानाकर्षण गराए । ‘केही वर्षअगाडि राष्ट्रिय खेलकुद परिषद्ले डिपिआर बनाएको थियो, त्यो डिपिआर दुई अर्ब ६४ करोडको लागतमा पुनर्निमाण हुन्छ भनेर सरकारलाई जानकारी गराएको थियो । सरकारले सात करोड रुपैयाँ विनियोजन गरेको थियो । टेण्डर पनि आह्वान गर्यो, तर हात्तीको मुखमा जिरा ।

चारवर्ष अगाडि सात करोड रुपैयाँ गएको, दुई वर्ष आंशिक निर्माण भएको र त्यसपछि बाँकी निर्माण अलपत्र परेको छ,’ उनले भने । काठमाडौंको दशरथ रंगशालासँगै स्थापना भएको नारायणी रंगशाला पुनर्निर्माणको पर्खाइमा खण्डहर बन्दा खेलहरू हुन छाडेको उनको भनाइ थियो । ‘काठमाडौंको दशरथ रंगशालासँगै निर्माण भएको १८ विगा जग्गामा अवस्थित नारायणी रंगशालामा क्रिकेट र फुटबल लगायत खेल हुन्छ ।

 तर, अहिले खण्डहर बनेको कारणले खेलहरू सुकेको छ । क्रिकेट हुन्छ तर, फुटबल खेल हुँदैन,’ उनले भने । यादवले रंगशालाको पुनर्निमाण गरेर क्षेत्रीय स्तरको बनाउन माग गरे । ‘अरु रंगशालामा सरकारको ध्यान छ । तर वीरगंजमा ध्यान पुग्न सकेको छैन । अब पुनर्गठित मन्त्रिमण्डलमा नयाँ अर्थमन्त्री र युवा खेलकुदमन्त्री आउनुभएको छ । रंगशालाका लागि खेलकुदमन्त्रीले बजेट माग गर्ने र अर्थमन्त्रीले यसै वर्ष २ अर्ब निकासा गर्ने विश्वास छ,’ उनले भने । प्रतिनिधिसभाको विशेष समयमा बोल्दै जसपा प्रमुख सचेतक प्रदिप यादव मधेश प्रदेशको गौरवको रुपमा रहेको नारायणी रंगशाला खण्डहर बनेको छ, कोमामा गएको छ, रंगशाला पुनर्निर्माणको पर्खाइमा छ । 

नयाँ सरकारले निर्माण गर्छ भन्ने विश्वास लिएको छु । काठमाडौंको दशरथ रंगशालासँगै निर्माण भएको १८ विगा जग्गामा अवस्थित नारायणी रंगशालामा क्रिकेट र फुटबल लगायत खेल हुन्छ । तर, अहिले खण्डहर बनेको कारणले खेलहरु सुकेको छ । क्रिकेट हुन्छ तर, फुटबल खेल हुँदैन । केही वर्षअगाडि राष्टिय खेलकुद परिषद्ले डिपिआर बनाएको थियो, त्यो डिपिआर दुई अर्ब ६४ करोडको लागतमा पुनर्निमाण हुन्छ भनेर सरकारलाई जानकारी गराएको थियो ।

 सरकारले सात करोड रुपैयाँ विनियोजन गरेको थियो । टेण्डर पनि आह्वान गर्यो, तर हात्तीको मुखमा जिरा । चारवर्ष अगाडि सात करोड रुपैयाँ गएको, दुई वर्ष आंशिक निर्माण भएको र त्यसपछि बाँकी निर्माण अलपत्र परेको छ । मधेश प्रदेशमा ठूलो रङ्गशाला आवश्यक रहेको र वीरगंजमा पर्ने नारायणी रङ्गशालाको पुनर्निमाण गरेर राष्ट्रिय स्तरको बनाउनुपर्छ । अरु रङ्गशालामा सरकारको ध्यान छ । तर वीरगञ्जमा ध्यान पुग्न सकेको छैन । अब पुनर्गठित मन्त्रिमण्डलमा नयाँ अर्थमन्त्री र युवा खेलकुदमन्त्री आउनुभएको छ । रङ्गशालाका लागि खेलकुदमन्त्रीले बजेट माग गर्ने र अर्थमन्त्रीले यसै वर्ष २ अर्ब निकासा गर्ने विश्वास छ

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend