साझा नेटवर्क
कमल पौडेल, बागलुङ फागुन २९ ।
नेपाल रेडक्रस सोसाइटी उपशाखा दगातुन्डाडा र दगातुन्डाडा रुपन्देही सम्पर्क समाजको संयुक्त आयोजनामा एक दिने निशुल्क स्वास्थ्य शिविर बडिगाड गाउँपालिका २, खर्वाङमा सञ्चालन हुने भएको छ। यहिँ चैत्र ०३ गते आयोजना गरिएको शिविरमा ओम महिला तथा वाल अस्पताल बुटवलका मेडिकल सुपेरिटेन्डेन्ट महिला तथा स्त्रीरोग विशेषज्ञ बरिष्ठ डाक्टर सर्मिला शर्माको नेतृत्वमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका हाडजोर्नी विशेषज्ञ अर्थोपेडिक डाक्टर प्रकाश तिमिल्सेना लगाएतका डाक्टरहरुको सहभागितामा सिविर सञ्चालन गर्न लागिएको सम्पर्क समाजका अध्यक्ष चाणक्य अधिकारीले जानकारी दिनुभएको छ।
आधारभूत स्वास्थ्य सेवा केन्द्र खर्वाङको सहआयोजना तथा स्थानिय संघसंस्थाहरुको समेत सहभागितामा हुने शिविरमा जनरल फिजिसियन लगाएतका डाक्टरहरुको समेत सहभागिता रहने छ। शिविरमा स्त्री तथा प्रसुती रोग अन्तरगत महिलाको प्रजनन्, स्त्री प्रसुती, परिवार नियोजन र सुरक्षीत गर्भपतन सम्बन्धी सेवा, हाडजोर्नी अन्तरगत हातखुट्टा भाँचिएको अंगभंग भएको, कुनै दुर्घटनामा परि हाडजोर्नी सम्बन्धी समस्या भएका, सामान्य चिकित्सकिय सेवा अन्तरगत मुटु, सुगर, प्रेसर, थाइराइट, ग्याष्ट्रिक, अल्सर, रुघाखोकी, निमोनिया, छाति तथा पेट पोल्ने समस्या भएका विरामीहरुको लागि उपचार तथा परामर्श सेवा उपलब्ध गराइने आयोजकले जनाएको छ।
यसैविच नेपाल रेडक्रस सोसाइटी उपशाखा दगातुन्डाडाले कार्यक्रम तयारीको लागि बैठक बसी योजना तयार गरेको छ। बैठकले शिविर सञ्चालनमा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखरा, जिल्ला स्वास्थ्य कार्यालय बागलुङ, बडिगाड गाउँपालिका स्वास्थ्य शाखासंग समन्वय गर्ने र आधारभूत स्वास्थ्य सेवा केन्द्रका स्वास्थ्यकर्मिहरुलाई पूर्ण परिचालन गर्ने र सहयोग लिने निर्णय गरेको छ।
त्यस्तै स्वयंसेवक परिचालनका लागि रिभरहिल युवा क्लव, महिला स्वास्थ्य स्वयंसेविका र त्रिभुवन नमुना माविबाट कम्तिमा १० जना शिक्षकहरु परिचालनको लागि सहयोग माग्ने निर्णय गरेको छ। त्यस्तै सुरक्षाको लागि प्रहरी चौकी खर्वाङ, सञ्चार सहयोगीको रुपमा रेडियो सारथी संग समन्वय गर्ने तथा साविक दगातुन्डाडा भित्रका वडाहरुमा जनप्रतिनिधिहरुको समेत सहयोगमा प्रचार प्रसार गर्ने र सहयोग लिने तथा सामाजिक सञ्जालमा समेत सवै सदस्य क्रियाशिल बन्दै शिवरको प्रचार गर्ने निर्णय गरेको छ।
उता दगातुन्डाडा रुपन्देही सम्पर्क समाजले शिविर सञ्चालनको लागि विशेषज्ञ डाक्टरहरुसंग समन्वय गर्दै औषधि र आवश्यक सामाग्रिहरुको संकलन गरिरहेको अध्यक्ष अधिकारीले जानकारी दिनुभएको छ। शिविरबाट ३ सय भन्दावढि विरामीहरुले सेवापाउने गरि तयारी गरिरहेको नेपाल रेडक्रस सोसाइटि दगातुन्डाडा उपशाखा खर्वाङका सभापति खगिश्वर अर्यालले जानकारी दिनुभएको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend