साझा नेटवर्क
साझा नेटवर्क, कतार ।
सबैका लागि सामाजिक सुरक्षा श्रमजिविको बर्गको समुह जिवनको आधार भन्ने मुल नाराका साथ स्थापना भएको नेपाली प्रवासी श्रमिक संघ ( जिफन्ट सहयोग समुह कतारको छैटौं अधिबेशन सम्पन्न भएको छ ।
जिफोन्ट समुह कतारका अध्यक्ष शेषराज तिमिल्सिना सभापतित्वमा प्रमुख आतिथ्यता नेपाल ट्रेड युनियन महासंघ जिफन्ट का अध्यक्ष बिनोद श्रेष्ठ जुम भर्चुअल बाट बिशेष अतिथि प्रवासी नेपाली मन्च कतार का अध्यक्ष प्रभात त्रिपाठी , विभिन्न संघ संस्था, सामाजिक अभियान्तहरुको उपस्थित रहेको थियो ।
सस्थाका उपाध्यक्ष खेमराज सुबेदी स्वागत मन्तव्य रहेको कार्यक्रममा सागाठनिक प्रतिबेदन महासचिव नवराज शाही र आर्थिक प्रतिबेदन लोक बहादुर जोगी ले प्रस्तुत गरेका थिए । स्वागत मन्तव्यको क्रममा बक्ताहरुले जिफोन्ट समूह कतारले प्रवासमा रहेर श्रमजीवीहरुलाई सचेतनामुलक कार्यक्रम गर्नुका साथै मजदुरहरुको लागि आवाज उठाउने आपत बिपत्तिको समयमा विभिन्न मलम पट्टी लगाउने मजदुरहरुको आवाज बुलन्द गर्ने संस्था रहेको बताए ।
उक्त कार्यक्रममा विभिन्न समयमा सहयोग गर्नुहुने ब्याक्तित्वलाई समुहले कदर पत्रले स- सम्मान गरेको थियो । कार्यक्रम सहजीकरण नवराज शाही र खेम राज सुवेदीले गरेका थिए। बिधान : बिधान संशोधन समितिका संयोजक खेमराज सुवेदीले नव निर्वाचित नयाँ कार्यसमितिलाई गोपनियता को सपथ निर्वाचन समितिका संयोजक गोबिन्द सुबेदीले गराउनु भएको थियो ।
समुद्र खड्काको नेतृत्वमा २५ जनाको नयाँ कार्यसमिति निर्माण भएको छ । जसमा उपाध्यक्ष – गुमान सिंह बि. क,उपाध्यक्ष – नबराज शाही , महिला उपाध्यक्ष – क. मञ्जु गुरुङ ,महासचिव – क. लोक बहादुर थापा, सचिव – लोक बहादुर जोगी,संगठन सचिव- गिरी प्रसाद दर्लामी,आर्थिक सचिव- सल बहादुर श्रेष्ठ सदस्यहरु क्रमश चन्द्र बहादुर कुँवर, रामजी खड्का,रमेश कुमार श्रेष्ठ, राधिका परियार ,तारादेवि राई, लक्ष्मी परियार ,सुगम भट्टराई , गणेश प्रसाद दुलाल , बिमल भारती, पोम बहादुर थापा , टंक बहादुर बि. क, मोतिलाल बुढा मगर रहेका छन ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend