साझा नेटवर्क
सहबान अन्सारी, नवलपरासी फागुन २३ ।
नवलपरासीमा एक लाख ५० हजार मुल्य बराबरको अबैध प्याज सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलवार सुस्ता गाउँपालिका वडा नं. ५ बनकट्टी स्थित गोदाममा भारतबाट अबैधरुपमा ल्याई लुकाई छिपाई राखेको अवस्थामा विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नं. २६ गणका सशस्त्र प्रहरी नायब उपरिक्षक मान बहादुर पाण्डे को नेतृत्वमा खटिएको टोलीले नेपाल भारतको सिमाना नजिकै गोदामबाट ६७ बोरा प्याज नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा लिएको अबैध प्याज आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाईएको नवलपरासीका सशस्त्र प्रहरी उपरिक्षक प्रकाश वाग्लेले बताए।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend