साझा नेटवर्क
सहबान अन्सारी, नवलपरासी फागुन २१ ।
नवलपरासीमा करिब ४० लाख बराबरको अबैध चिनी र केराउ सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ। सोमवार सुस्ता गाउँपालिका वडा नं. १ बरुवा स्थित गोदाममा भारतबाट अबैधरुपमा ल्याई ठुलो मात्रामा चिनी केराउ लुकाई छिपाई राखेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल नं. २६ गणका सशस्त्र प्रहरी उपरिक्षक प्रकाश वाग्लेको नेतृत्वमा खटिएको टोलीले नियन्त्रणमा लिएको हो।
स्थानिय ग्यानु अर्यालको धर पछाडी अबैध गोदाम बाट करिब १८ सय बोरा चिनी र केराउ नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भन्सार कार्यालय महेशपुर पठाईएको उपरिक्षक प्रकाश वाग्लेले बताए।
नवलपरासीका सशस्त्र प्रहरी उपरिक्षक वाग्लेले जिल्ला भित्रका बोर्डर आउट पोष्ट र सुरक्षा बेसहरुबाट खटिएको गस्तीटोलीहरुलाई सीमा सुरक्षासहित विभिन्न नाकाहरुबाट हुने तस्करीहरुलाई निरुत्साहित गर्नको लागि निगरानी बढाउन निर्देशन समेत दिएको सशस्त्र प्रहरीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend