साझा नेटवर्क
अन्सारी,नवलपरासी फागुन १८ ।
नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं.९ स्थित बेलाटारीमा सुविधासम्पन्न प्रतापपुर स्वास्थ्य चौकी भवनको शिलान्यास गरिएको छ । शुक्रवार प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवले शिलान्यास गरेका हुन ।
स्थानिय मानिसहरुलाई गुणस्तरीय सेवा दिनका लागि सुविधा सम्पन्न स्वास्थ्य चौकी निर्माण गर्न लागेको साथै निर्माण व्यवसायीलाई भवनको गुणस्तर कायम गरी समयमै निर्माण कार्य सम्पन्न गर्न अध्यक्ष यादवले बताए । वडा नं.९ गंगापुर बस्ने राजेश कुमार चौधरीले निःशुल्क दान स्वरुप दिएको ४ कट्ठा ६ धुर जग्गामा भवन निर्माण गर्न थालिएको हो ।
२०८१ पुष २५ गते भित्र भवन निर्माण सक्ने गरी एक करोड ४६ लाख ५७ हजारको लागतमा कृ्ष्णा कन्ट्रक्सन बुटवल रुपन्देही निर्माण सेवाले २०८० मंसिर २५ गते ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले भवनको फाउण्डेशनको काम अगाडी बढाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend