logo
  • शनिबार, साउन ३० २०८३

नेपाल वाफ च्याम्पियनसिपको फाईनलमा प्रवेश


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

साझा नेटवर्क ।

नेपाल वेस्ट एसियन फुटबल महासंघ (वाफ) महिला फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । मंगलबार राति साउदी अरेबियामा भएको दोस्रो सेमिफाइनलमा लेवनानलाई २-१ गोलले पराजित गरे संगै फाइनलमा पुगेको हो ।

पहिलो हाफमा आत्मघाती गोलका कारण पछि परेको नेपालले दुवै गोल दोस्रो हाफमा गर्‍यो । बराबरी अवस्थामा रहेको बेलमा प्रिति राईले पाँच मिनेटको इन्जुरी टाइमको अन्तिम मिनेटमा गोल गर्दा  नेपालले रोमाञ्चक जित निकाल्न सफल भयो । कर्नर बल क्लियर हुँदै डिबक्स बाहिर आएकोमा प्रितिले उत्कृष्ट गोल गर्दै नेपाललाई फाइनल यात्रा गराइन्।

त्यसअघि ७६ मिनेटमा सावित्रा भण्डारी साम्बाले नेपालका लागि बराबरी गोल गरेकी थिइन्। सुरुमा उनले हानेको प्रहारलाई लेवनानकी गोलकिपरले रोकिकी थिइन्। सो बल डिफेन्डरले क्लियर गर्न नसक्दा साम्बाले गोललाइन नजिनबाट जाली चुमाएकी थिइन्।

३८ मिनेटमा पूजा रानामगरले गोलकिपर एन्जिला तुम्बापोलाई ब्याकपास दिएकी थिइन्। तर तुम्बापोले बल भेट्टाउन नसक्दा गोल भएको थियो।अब नेपालले उपाधिका लागि पाँच पटकको च्याम्पियन जोर्डनसँग बिहीबार राति प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend