साझा नेटवर्क
कमल पौडेल,बाग्लुङ्ग फागुन १५ ।
बडिगाड दगातुन्डाडा सामुदायीक सिकाई केन्द्रको आयोजना तथा त्रिभुवन नमुना मावि खर्वाङको व्यवस्थापनमा आधारभूत तथा माध्यमिक तहका गणित शिक्षकहरुको ४ दिवसिय कार्यशाला सम्पन्न भएको छ । त्रिभुवन माविमै भएको कार्यशालामा विभिन्न विद्यालयका ४० जना भन्दा वढि शिक्षकहरुको सहभागिता रहेको थियो ।
२ दिन आधारभूत तहको र २ दिन माध्यमिक तहको शिक्षक तथा विद्यार्थीहरुलाई कार्यशालामा सहभागि बनाइएको दगातुन्डाडा सामुदायीक सिकाई केन्द्रका सहजकर्ता खिमकला खरेलले जानकारी दिनुभएको छ। आज भएको समापन कार्यक्रममा त्रिभुवन नमुना माध्यमिक विद्यालय विद्यालय व्यवस्थपन समितिका अध्यक्ष विष्णु प्रसाद भुसालले कार्यशालाले गणित विषयलाई दैनिक व्यवहारमा जोड्न र सरल ढंगले सिकाइ सहजिकरण गर्न सघाउ पुर्याउने विश्वास व्यक्त गर्नुभएको छ।
कार्यक्रममा एआइएम म्याथ गण्डकी प्रदेशका संयोजक तथा शैनिक आवासिय महाविद्यालय पोखराका शिक्षक समेत रहनुभएका प्रशिक्षक जयराम कायस्थ, प्रशिक्षार्थी शिक्षकहरुको तर्फवाट खार माध्यमिक विद्यालयका कृष्ण प्रसाद घिमिरे, प्रशिक्षार्थी विद्यार्थीहरुको तर्फवाट सोनिया घिमिरे लगाएतले बोल्नुभएको थियो।
कार्यक्रम दगातुन्डाडा सामुदायीक सिकाई केन्द्रका अध्यक्ष कृष्ण प्रसाद खरेलको अध्यक्षता, त्रिभुवन नमुना माविका सहायक प्रधानाध्यापक शिव पोखरेलको स्वागत मन्तव्य तथा शिक्षक कमल पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend