logo
  • शुक्रबार, असोज ९ २०८३

अमेरिकन नागरिक अन्ना स्टिरलाई कालीभक्त पन्त लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

पर्वत, फागुन ११ ।
कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठानद्वारा स्थापित कालीभक्त पन्त लोक साहित्य अन्तर्राष्ट्रिय पुरस्कार २०८० अमेरिकन नागरिक अन्ना स्टिरले पाउने भएकी छिन् । कालीभक्त पन्तको बत्तिसौं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उक्त पुरस्कार अन्नालाई दिने घोषणा गरिएको हो ।

नेपाली लोक गीत/लोक दोहिरीको विधामा विद्यावारिधी (Ph. D) गरेकी, नेपालको लोकवार्ता र संस्कृतिको क्षेत्रमा अध्ययन, अनुसन्धान, कृतिहरु प्रकाशन, लोकवार्ता र संस्कृतिको विदेशमा समेत प्रचार-प्रसार गरी अव्दितीय योगदान पुर्याएकी उनी हवाई विश्वविद्यालयको सं.रा. अमेरिकाका सहप्राध्यापक एवं सोही विश्वविद्यालयको साउथ एसियन स्टडिज (South Asian Studies) का निर्देशक हुन् ।

विगत छ वर्षदेखि कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालले कालीभक्त पन्त नेपाली लोकसाहित्य अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्दै आएको छ । नेपालमा रू १,०१,०००।– र विदेशमा १००१ अमेरिकी डलर राशि तथा सम्मानपत्र सहित यो पुरस्कार प्रदान गरिन्छ ।

यस अघि सत्यमोहन जोशी- (२०७५), कृष्ण कंडेल – (२०७६), तुलसी दिवस– (२०७७), प्रा. डा. चुडामणी बन्धु- (२०७८) र कुमार वस्नेत- (२०७९) लाई प्रदान गरिएको यस पुरस्कार पाउने पहिलो विदेशी नगरिक अन्ना स्टिर भएकी छिन् ।

स्मृति दिवस २०८० कै अवसरमा श्रष्टा सम्मान तथा विभिन्न विधामा स्थापित छात्रवृत्तीसमेत वितरण गरिएको थियो कुरा सँस्थाका अध्यक्ष प्रा डा पार्थिवेश्वर प्रसाद तिमिल्सिनाले बताउनु भयो।

कार्यक्रम पर्वत,फलेवास स्थित रेहको प्रतिष्ठानको भवनमा भएको थियो। सोही कार्यक्रममा कालि भक्तका साइला छोरा गोविन्द प्रसाद पन्त र राइला छोरा शोभा भक्त द्वारा स्थापित छात्र बृति, कुर्घा, लिमिठाना र खाल्ले स्कुलाका जेहेन्दार बिध्यार्थीलाई बितरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend