साझा नेटवर्क
शिव सुवेदी, गुल्मी फागुन ७ ।
नेकपा (एकीकृत समाजवादी) जिल्ला कमिटी गुल्मीको बैठक सम्पन्न भएको छ। साेमवार जिल्लाकाे सदरमुकाम तम्घासमा जिल्ला कमिटी गुल्मीका अध्यक्ष श्रीराम महतको अध्यक्षतामा उक्त वैठक सम्पन्न भएको हो। पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश उप सचिव अब्दुल हुसेन खानकाे प्रमुख आतित्त्थ्यतामा बैठक सम्पन्न भएको हो।
बैठकले आगामी रास्ट्रीय महाधिवेशन केन्द्रीत संगठन विस्तार तथा सुदृढीकरण अभियानबारे छलफल गरी विभिन्न निर्णय गरेकाे छ । पार्टी सदस्यता बिस्तार, बितरण, ननिकरण, पालिका कमिटी, वडा कमिटी, टोल कमिटी, पेशागत कमिटी र जनवर्गीय कमिटी अध्यावधि, गठन तथा पुनर्गठन गर्ने तथा जिल्ला कमिटी र माथिका कमिटीका नेताहरुलाइ आफ्नो भुगोलमा थप ब्यवस्थित रुपमा परिचालन र जिम्मेवार भएर लाग्ने समेत निर्णय भएको जिल्ला कमिटी उपसचिव बसन्त अधिकारीले जानकारी दिनुभएको छ।
पार्टीका केन्द्रीय सदस्य तथा गुल्मी ईन्चार्ज प्रमेश पाेखरेल,केन्द्रीय सल्लाहकार परिषद् सदस्य नरेन्द्र किरण ठकुरी , हरि छन्तेल लुम्बिनी प्रदेस कमिटीका सदस्यहरू लगायतको उपस्थितिमा बैठक बसेको थियो।
बैठकले पार्टीको दुई महिने अभियानको कार्ययोजना, जिम्मेवारीको कार्यविभाजन र जिल्ला पार्टीको विविध विषयमा छलफल गरि सर्वसहमतिमा पारित गरेको समेत जिल्ला कमिटी उपसचिव अधिकारीले जानकारी दिनुभएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend