logo
  • शुक्रबार, असोज ९ २०८३

नवलपरासीमा पेस्तोल सहित दुईजना पक्राउ


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सहबान अन्सारी, नवलपरासी फागुन २।
नवलपरासीमा अबैध हतियार सहित दुई जना पक्राउ परेका छन । बर्दघाट नगरपालिका वडा नं. १२ जहदा स्थितमा अबैध हतियार (पेस्तोल) सहित मानिसहरु हिडिरहेका छन भन्ने गोप्य सूचनाका आधारमा अस्थायी प्रहरी पोष्ट भटौलियाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

भटौलिया मझौनी सडक खण्डमा उत्तरबाट दक्षिणतर्फ शंकास्पद रुपमा पैदल गईरहेका दुईजना व्यक्तिहरुलाई रोकी सोधपुछ गर्दा बर्दघाट नगरपालिका वडा न. १३ बस्ने अजय अहिर र सोही वडा नं.१३ लेवडा कमल चौधरीलाई चेकजाँच गर्ने क्रममा प्रहरीले पेस्तोल बरामद गरेको हो ।

अजय अहिरले लगाएको निलो जिन्स पाटईन्टको अगाडिको बायाँ खल्तीमा लुकाई छिपाई राखेको अवस्थामा कालो रङ्गको हतियार पेस्तोल बरामद गरी निज अहिर र चौधरी समेतलाई तत्काल नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बर्दघाटबाट बुधवार सम्मानित अदालतबाट हातहतियार तथा खरखजना मुद्दामा म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend