साझा नेटवर्क
साझा नेटवर्क,गुल्मी फागुन १ ।
सामुदायिक महिला स्वास्थ स्वयंसेविकाहरुलाई बाख्रा उपहार प्रदान गरिएको छ । मदाने गाउँपालिका १ अग्लुङ्ग गुल्मीमा कार्यरत सामुदायिक महिला स्वास्थ स्वयंसेविकाहरुकाे लागि बाख्रा उपहार प्रदान गरिएको हो ।
निशुल्क रुपमा घर घरमा पुगी स्वास्थ्य सचेतनाकाे लागि निरन्तर रुपमा खटिरहनुहुने स्वयंसेविकाहरुलाई आय आर्जन सँग जाेडने उदेश्यले बाख्रा वितरण गरिएको वडा अध्यक्ष सुशील चन्दले जानकारी दिनुभयो ।
बाख्रा उपहार पाएपछि आफुहरुमा थप उर्जा मिलेको भन्दै स्वास्थ्य स्वयंसेविका हुमा चन्दले वडाले उपहार स्वरुप दिएको बाख्राले आफुहरुको जीविकोपार्जनमा थाप सहयोग पुग्ने बताउनु भएको छ ।
मदाने १ अग्लुङ्ग आर्थिक बर्ष ८०/८१ काे लागि बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत बाख्रा उपहार दिइएको हो । समाजमा स्वास्थ सम्बन्धि गतिविधिमा य महिला स्वयंसेविकाहरुहरुकाे भुमिका उल्लेखनीय रहेको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend