साझा नेटवर्क
साझा नेटवर्क, कतार माघ २६ ।
कतारमा “सोनाम ल्होछार कन्सर्ट २०२४” हुने भएको छ । नेपाल तामाङ् घेदुङ प्रवास कार्यसमिति कतारको आयोजनामा तामाङ जातिको नयाँवर्ष” मन्जुश्री २८६० (डकु ल्हो/ मु पुर्खी वर्ष) सोनाम ल्होछार हुने भएको हो ।
समाजले बिहिवार पत्रकार सम्मेलनको आयोजना गर्दै “ल्होछार कन्सर्ट २०२४”का लागि नेपालबाट प्रस्तुति दिन चर्चित गायक तथा द भ्वाईस अफ नेपालका कोच राजेश पायल राई, तामाङ् सेलो गायिका रेश्मा बम्जन तामाङ, गायक उमगं लामा र म्हेन्दोमाया तथा लोक दोहोरी गायिका मनमाया वाईवा तामाङ कतार आउने साझा नेटवर्कलाई जानकारी दिए ।
कार्यक्रममा नेपालबाट आमन्त्रित कलाकारसगैं कतारमा रहेका विभिन्न समुदायबाट सामूहिक मौलिक नृत्य समेत रहने आयोजकले जनाएको । समितीका अध्यक्ष बिकास स्याङ्तानको अध्यक्षतामा पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार कार्यक्रममा प्रवेश शुल्क महिलाका लागि ५०, पुरुषका लागी ७५, भिआईपि १०० र परिवारका लागि ५०० रियलको टिकट व्यवस्था गरीएको छ ।
कार्यक्रममा सरिक हुने टिकट होल्डरहरुका लागी कतारका विभिन्न स्थानबाट यातयातको ब्यवस्थापन समेत रहेको कार्यक्रम संयोजक एक्का प्रशाद तामाङले सम्मेलनमा जानकारी दिए । सम्मेलनमा उठेका प्रश्नहरुको सवाल जवाफको उतर दिदै अध्यक्ष स्याङतानले तामाङ घेदुङ प्रवास समितीले हरेक वर्ष मनाउदै आएको ल्होसार कार्यक्रम यस बर्ष पनि कतारमा स्थापित संघसंस्थाहरुको सहकार्य सगै उल्लेख्य दर्शकको उपस्थिति रहने बताए ।
फेव्रुअरी १६ तारिकका दिन अलअरबी स्पोर्ट्स क्लबमा आयोजना गरिएको कार्यक्रममा बिहान ११ बजे गेट खुल्ने र १२:३० बजे कार्यक्रम सुरु हुनेछ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend