logo
  • शुक्रबार, असोज ९ २०८३

संघियता नरहँदा संविधान नै रहँदैन : सापकोटा


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

कमल पौडेल, बागलुङ माघ २६ ।
नेकपा एमालेका केन्द्रिय सदस्य इन्द्रलाल सापकोटाले संघियता नरहँदा संविधान नै नरहने बताउनु भएको छ । नेकपा एमाले खर्वाङको आयोजनामा भएको वडा भेला तथा अखिल नेपाल महिला संघ खर्वाङको अधिवेशनलाई सम्बोधन गर्दै सापकोटाले संघियताको विरोधको आवरणमा समावेशिता सहित २०६२/६३ को आन्दोलनकै उपलब्धी माथि धावा वोलिएको आरोप लगाउनु भयो।
संविधानको रक्षाबाटमात्रै गणतन्त्र, समावेशिता, धर्मनिरपेक्षता लगाएतका उपलब्धि सुरक्षित गर्न सकिने भन्दै सापकोटाले राजतन्त्र व्युँताउने कुरा खरानी घसेर भूत जगाउनु जस्तै भएको बताउनु भएको छ। एक फरक प्रसंगमा पूर्व प्रदेश सांसद समेत रहनुभएका सापकोटाले दलालपुँजीको विरुद्ध लड्दै राष्ट्रिय उत्पादनमा जोड दिनुपर्ने बताउनु भएको छ।
प्रत्येक नागरिक उत्पादनमा जोडिने अवस्था सिर्जना गर्न स्थानिय देखि संघिय सरकार लाग्नुपर्ने भन्दै भौतिक विकासले मात्रै देशको समृद्धि नहुने बताउनु भएको छ। कार्यक्रममा अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य भिमा अधिकारी, नेकपा एमालेका प्रदेश कमिटि सदस्य सुनिल शेरचन, जिल्ला कमिटि सचिव विष्णुप्रसाद भुसाल, अखिल नेपाल महिला संघकी जिल्ला अध्यक्ष लक्ष्मी वोहोरा, पालिका अध्यक्ष पार्वति सलामी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

भेलाले सरस्वती रानाको अध्यक्षतामा २१ सदस्यि अखिल नेपाल महिला संघ वडा कमिटिको गठन गरेको छ। जसको उपाध्यक्षमा जमुना विक, सचिवमा गिता घर्ति तथा उपसचिवमा जुना राना रहनुभएको छ। कार्यक्रम नेकपा एमाले वडा कमिटि अध्यक्ष खगिश्वर अर्यालको अध्यक्षता, सरस्वती रानाको स्वागत मन्तव्य तथा गाउँकमिटि सचिवालय सदस्य दिन बहादुर केसिको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend