logo
  • शुक्रबार, असोज ९ २०८३

वीरगंजको आदर्शनगर खेलमैदानमा टी फिफ्टीन च्यारिटी क्रिकेट टुर्नामेन्ट सुरु


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

रञ्‍जित चौरसिया, वीरगंज माघ २१।
समृद्धि नेपाल फाउण्डेशन र सान्भी फाउण्डेशन अफ नेपालको संयुक्त आयोजनामा आईतवार एक कार्यक्रमका बीच च्यारिटीका लागि क्रिकेट प्रतियोगीता सुरु भएको छ । वीरगंजको आदर्शनगर खेलमैदानमा टी फिफ्टीन च्यारिटी क्रिकेट टुर्नामेन्टको उदघाटन गर्दै पर्सा क्रिकेट संघका अध्यक्ष मनिष सिंहले पर्सा जिल्लामा क्रिकेट खेलको गतिविधि बढ्दै गएकोमा खुशी व्यक्त गरेका थिए ।

अध्यक्ष सिंहले पर्साबाट अझै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नुपर्ने चर्चा गर्दै वीरगंजका युवाहरुको क्रिकेट प्रतिको आकर्षणले खेल क्षेत्रको सम्भावनालाई उजागर गरेको बताए । सान्भी फाउण्डेशन अफ नेपालकी अध्यक्ष सानु गुप्ताको सभापतित्वमा भएको प्रतियोगीताको उदघाटन समारोहमा जनमत पार्टी पर्साका अध्यक्ष ओमप्रकाश सर्राफ, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक भाष्कर खतिवडा लगायतको विशेष उपस्थिती रहेको थियो ।

खेलको उदघाटन संघका अध्यक्ष सिंह र जनमत पार्टीका जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफले एक जोडी परेवा उडाई उदघाटन गरेका थिए ।
प्रतियोगीतामा वीरगंज सामाजिक संस्था महासंघमा आवद्ध ९ वटा समूहले सहभागिता जनाएको सान्भी फाउण्डेशनका बिवेक झाले बताए । झाका अनुसार ९ वटा टिमलाई ३ समूहमा विभाजन गरिएको छ ।

जसअन्र्तगत समूह ‘ए’ मा समृद्धि नेपाल फाउण्डेशन, वीरगंज स्प्रीट क्लब र टिम स्पेशल २६ रहेको छ । समूह ‘बी’ मा एम.एस धोनी फ्यान क्लब, ग्लोबल ईमर्जीङ् लिडर्स र इम्प्रुभिङ् वीरगंज रहेको र समूह ‘सी’ मा अपन राधेमाई युवा क्लब, रामगढवा एकता युवा क्लब र सान्भी फाउण्डेशन अफ नेपाल रहेको छ ।

उदघाटन खेलमा रामगढवा एकता युवा क्लबलाई १३ रनले पराजित गर्दै अपन राधेमाई युवा क्लब विजयी भएको छ । प्रतियोगीतामा अपन राधेमाईका अभिषेक चौहान प्लेयर अफ दी म्याच घोषित भए । शनिवार सम्म हुने खेल अन्र्तगत सोमबार समृद्धि नेपाल फाउण्डेशन र वीरगंज स्प्रीट क्लब तथा एम.एस धोनी फ्यान क्लब र ग्लोबल ईमर्जीङ् लिडर्स बीच हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend