साझा नेटवर्क
सहबान अन्सारी, नवलपरासी माघ २० ।
नवलपरासीको प्रतापपुर गाउँपालिका वडा नं.६ गुठीपरसौनीमा मा बौद्धिक स्तरका लागि निकै उत्कृष्ट मानिने हाजिरी जवाफ प्रतियोगितामा त्रिभुवन माध्यमिक विध्यालय बेलाटारी प्रथम भएको छ। सर्वोच्च शिखर बाल क्लबको आयोजना तथा वडा नं. ६ को सहयोगमा सम्पन्न भएको प्रतियोगितामा ५ विध्यालयहरु मध्ये प्रथम भएको हो ।
त्यसै गरि डम्बर बहादुर आधारभुत बिध्यालय पिपरपातीले दृतिय स्थान र जन जागृती माध्यमिक विध्यालय गुठी परसौनी तृतिय स्थान हासिल गरेको थियो । बाल क्लबको अध्यक्ष कुमकुम हरिजनको अध्यक्षतामा प्रतापपुर गाउँपालिका उपाध्यक्ष मान कुमारी चौधरी,वडाध्यक्ष केशव अधिकारी,दिनबन्धु मिश्रा, अवधेश यादव लगायतहरुले शुभकामना मन्तब्य राखेका थिए।
विजेता तथा उपविजेताहरुलाई मेडल, प्रमाणपत्र तथा पुरस्कार प्रदान गरिएको हो । उक्त प्रतियोगीतामा जन जागृती माध्यमिक बिध्यालय गुठी परसौनी, मदरसा मदिलतुल ओलुम हरपुर,त्रिभुवन माध्यमिक विध्यालय बेलाटारी, गणेश माध्यमिक विध्यालय वसहिया र डम्बर बहादुर आधारभुत विध्यालय पिपरपातीका विध्यार्थीहरुको सहभागिता रहेको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend