साझा नेटवर्क
सहबान अन्सारी, नवलपरासी माघ १९ ।
नवलपरासीमा टिप्पर र बस अक आपसमा ठोक्किदा १७ जना घाईते भएका छन । बिहिवार राती सुनवल नगरपालिका वडा नं. ४ गैरेपेट्रोल पम्प नजिकै अल्कत्रेडाडा स्थित काठमाण्डौबाट बाजुरा तर्फ जादै गरेको सु.प.प्र.०१-००१ ख ३४८० नम्बरको को बसलाई बिपरित दिशा बुटवलबाट सुनवल तर्फबाट आउदै गरेको लु २ ख १६९६ नम्बरको को टिप्पर एकआपसमा ठक्कर खाँदा बस चालक सहित १७ जना घाईते भएका हुन।
घाईतेहरु मध्ये गम्भिर अवस्थामा १ जना, मध्यम अवस्थामा ७ जना र सामान्य अवस्था ९ जनाको रहेको प्रहरीले जनाएको छ । बस यात्रुहरुलाई बस समितिसंग समन्वय गरी अर्को बसमा राखी गन्तब्य तर्फ पठाईएको साथै दुर्घटना परेका दुबै सवारी साधन प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend