logo
  • शुक्रबार, असोज ९ २०८३

पाल्पाली सेवा समाज कतारको आठौं अधिवेशन सम्पन्न, अध्यक्षमा भट्टराई


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क, कतार माघ १३।
पाल्पाली सेवा समाज कतारको आठौ अधिवेशन सम्पन्न भएको छ । कतारको सनैया स्थित फुलबारी रेस्टुरेन्टको सभाहलमा आयोजना गरिएको कार्यक्रममा समाजका अध्यक्ष महल केसीको सभापतित्व तथा लुम्बिनी प्रदेश समन्वय परिषद कतारका प्रमुख संरक्षक कमलमणि गुराँगाईको प्रमुख आतिथ्यता रहेको थियो ।
समाजले २०२४-२०२६ कार्यकालको लागि विश्वनाथ भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ । वरिष्ठ उपाध्यक्षमा बिकास गैरे (बिक्की), उपाध्यक्षमा दामोदर पाण्डे, महासचिवमा मदन भण्डारी (मदन), सचिवमा इश्वोर काफ्ले, सचिवमा कमल भुसाल, कोषाध्यक्ष ऋषिराम श्रेष्ठ, सह-कोषाध्यक्ष हिरालाल बस्याल, महिला संयोजक धन कुमारी श्रेठ, सदस्यहरु बिबेक गैरे, मोहन मगर, नारायण बस्याल, बिष्णु बहादुर नेपाली, शरण भुसाल, सुरेश बि.सी, बोम बहादुर ढेङ्गा, कमल भुसाल चयन भएका छन् । दुईजना सदस्यलाई समाजले पहिलो बैठकले चयन गर्नेछ ।

संस्थाका वरिष्ठ उपाध्यक्ष विश्वनाथ भट्टराईले स्वागत मन्तब्य तथा सचीव बिकास गैरेले संस्था गत गतिबिधिहरु माथि प्रकाश पारेका थिए ।यसैगरी उपस्तिथि बक्ताहरुले अधिवेशन सफलतको शुभकामना दिदै पाल्पाली समाजले यस कार्यकालको दौरानमा कार्यसमितिले गरेका कामहरुलाई धन्यवाद दिएका थिए ।

समाजले लुम्बिनी प्रदेश भित्रका पत्रकार, संघ संस्थालाई खादा सम्मान-पत्र संगै पाल्पाली भलिबल कल्ब २०२३ का उपाधी विजेता खेलाडीहरुलाई विशेष सम्मानका साथ कदर-पत्र विभिन्न ब्याक्तित्वहरुलाई मायाको चिनो  प्रदान गरेका थिए । नेपालबाट आएकी लोकदोहोरी गायिका रुपी सिझाली मगर, अर्जुन कुंवरले गितमा उपस्थित दर्शकहरु छमछमी नाचिरहेका देखिन्थ्यो । स्थानीय कलाकार गायिका साबित्र भट्टराई र रेखा मगरले आफ्नो नृत्य प्रस्तुति गरेकी थिइन ।

कार्यक्रममा प्रमुख अतिथि गुराँगाइले समाजले गरेका कार्यप्रती प्रशंसा गर्दै नयाँ कार्यसमितिलाई बधाई तथा कार्य सफलताको कामना गरेका थिए । कार्यक्रमका सभापति महल केसीले आफ्ना कार्यकालमा गरेका कामहरुका बारेमा प्रकाश पार्दै आफ्नो कार्यकालको विभिन्न माध्यमबाट सहयोग गर्ने  सम्पूर्णमा आभार व्यक्त गरेका थिए ।

निर्वाचन संयोजक लिलम चिदी मगरको संयोजकत्वमा सदस्यहरु दुई सदस्य रमेश थापा, जनक थापा मगर रहनुभएको थियो । संयोजकले निर्वाचित पदाधिकारीहरुलाई गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend