logo
  • शुक्रबार, असोज ९ २०८३

नवलपरासीमा लागुऔषध सहित एकजना पक्राउ


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सहबान अन्सारी, नवलपरासी माघ ९ ।
नवलपरासीमा लागु औषध सहित एक जना पक्राउ परेका छन । मंलवार रामग्राम नगरपालिका वडा नं. १८ धरमपुर स्थित भित्री सडक खण्डमा परासीबाट धरमपुरतर्फ आउदै गरेक लु ४४ प १५४२ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक रामग्राम नगरपालिका वडा नं. १५ डिगोल वस्ने अन्दाजी २४ बर्षिय नुर मोहम्मद धुनिया पक्राउ परेका हुन् ।

धुनियाले पछाडी बोकेको झोलाबाट डाईजेपाम १ सय एम्पुल, फेनार्गन १ सय एम्पुल, नोर्फिन १ सय एम्पुल र नाईट्रोभेट २० पत्ता (६ सय ट्याब्लेट) प्रहरी चौकी बैरागनाथबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

धुनियालाई मोटरसाईकल सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend