logo
  • शनिबार, भाद्र २० २०८३

गुल्मी सम्पर्क समाज भारतको बार्षिक साधारण सभा सम्पन्न


  • साझा नेटवर्क
  • शनिबार, भाद्र २० २०८३

देबेन्द्र केसी,नयाँ दिल्ली ।

प्रवासी गुल्मेली हरूलाई सु-सुचित गर्ने उदेश्यले खोलिएको गैरराजनीतिक तथा गैर नाफामुलक संस्था गुल्मी सम्पर्क समाज (भारत) को बार्षिक साधारण सभा यहि जनवरी २१ का दिन नयाँ दिल्ली को सरोजनी नगर स्थित दक्षिण भारतिय समाजको राम मण्डप को सभागार मा सम्पन्न भएको छ ।

कार्यक्रम मा प्रमुख अतिथि को रुपमा सहादरा स्थित नेपाली पशुपति नाथ मन्दिर का ब्यवस्थापन समिति अध्यक्ष जनक गिरी हुनुहुन्थ्यो । संस्थाका अध्यक्ष टिका बहादुर कार्कीको अध्यक्षता मा सम्पन्न कार्यक्रममा नेपाल पत्रकार महासंघ का राष्ट्रिय परिषद सदस्य तथा गुल्मी-भुर्तुङ्ग सम्पर्क समाज (भारत) का अध्यक्ष देबेन्द्र केसीले समाज को महत्व र आवस्यकता बारे प्रकाश पार्नुभएको थियो ।

कार्यक्रममा बोल्दै अध्यक्ष कार्कीले समाज ‘प्रवासी गुल्मेली हरुको साझा संस्था बनाउने’ उद्धोष गर्नुभयो । ‘एक सदस्य ले थप एक जना सदस्य जोड्न पर्नेछ हामी छिट्टै नै डेढ सयको आंकडा पार गर्ने छौ’ अध्यक्ष कार्की ले भन्नुभयो । माघमा खाईने बिषेश परिकार खिचडी सहित को कार्यक्रम लाई संस्थाका महासचिव मुकुन्द पौडेल ले सञ्चालन गर्नुभएको थियो ।

कार्यक्रममा गंगा राना,सिता अधिकारी,हुम कला खड्का,जिबन पौडेल,बाबुराम अधिकारी,गुञ्जमान बिश्वकर्मा,गोकर्ण राज बस्नेत,बिष्णुप्रसाद पोख्रेल लगाएत ले आफ्ना भनाईहरु राख्नु भएको थियो । समाजमा अहिले सम्म ८१ सदस्य हरु आजिवन रुपमा जोडिनु भएको र जोडिने क्रम जारि रहेको सङ्गठन सचिव गंगा रानाले बताउनु भयो ।

दिवाभोज सहितको कार्यक्रममा महिला दिदीबहिनीहरु कम्मर मर्काएर नाच्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend