logo
  • शनिबार, साउन ३० २०८३

तेस्रो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८०को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

देवेन्द्र केसी, माघ ६ ।
स्वर्गीय कल्पना गैरे स्मृती फाउण्डेशनको सहयोगार्थ बिशाल मुभिज प्रा.लि. अनामनगरद्वारा आयोजित तेस्रो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक तथा प्रमाण पत्र बितरण कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ ।

पुर्व उघोग बाणिज्य मन्त्री तथा युवा नेता महेश बस्नेतको प्रमुख आतिथ्यता अनि बिशाल मुभिज प्रा.लि.का अध्यक्ष तथा चर्चित गायक सर्जक हुम गैरेको अध्यक्षतामा संचालित कार्यक्रममा लोक तथा दोहोरी गीत संग सम्बन्धीत ३२ बिधाका १६० जना कलाकारहरुलाई उत्कृष्ट पाँच मनोनयन प्रमाण पत्र बितरण गरियको थियो ।
कार्यक्रममा बरिष्ठ लोक गायक ईन्द्र जि.सी., संगीत ब्यवसायी सुर्य बा.मगर, गायक मोडल पि.एन.सापकोटा,नायिका सबिना कार्की ,गायिका जमुना राना लगायतको उपस्थिती रहेको थियो । यही फागुनको पहिलो साता यस अवार्डको फाईनल कार्यक्रम गर्ने लक्ष्य रहेको कुरा चर्चित मोडल तथा अवार्ड कार्यक्रमका संयोजक धिरज खत्रीले जानकारी दिए ।
अवार्डको फाईनल कार्यक्रममा लोक गीत संगीतमा लामो समय देखी योगदान दिंदै आउनु भएका करिब एक दर्जन अग्रज देखी अनुज सम्मका कलाकारहरुलाई सम्मान गर्ने कार्यक्रम समेत रहेको छ ।

यस भन्दा अगाडिका संस्करणहरु निष्पक्ष अनि भब्यताका साथ सम्पन्न भएका कारणले पनि यो तेस्रो संकरणमा पनि धेरै कलाकारहरुको उत्साहजनक सहभागीता रहने तथा कार्यक्रम भब्यताका साथ सम्पन्न हुने कुरामा आशावादी रहेको कुरा कार्यक्रमका अध्यक्ष गैरे बताए । कार्यक्रमको संचालन चर्चित गायक तथा सर्जक अमृत खातीले गरेका थिए ।

उत्कृष्ट पाँचमा पर्नेहरुको नामावली यसप्रकार रहेको छ ।

तेस्रो राष्ट्रिय बिशाल लुम्बिनी लोक दोहोरी अवार्ड २०८० उत्कृष्ट पाँच मनोनयन ।

१.सर्बोत्कृष्ट एकल लोक गीत (गायक)
क. हेमन्त कान्छा रसाईली : आमा तिम्रो तस्बिर दैलामा
ख. राम परियार : डाँडाकी साँईली
ग. बाबुराम कुवँर : आमा
घ. राज लामा : बाँचौ कि मरौं
ङ. गणेश ढकाल : बा

२.सर्बोत्कृष्ट एकल लोक गीत (गायिका)
क. सपना गाहा : मनको पिर
ख. स्मृती गौतम : माईती देश
ग. पुनम बस्याल : सुनामी
घ. कमला बि.शी. : मरि जाने चोला
ङ. रुपा नेपाली : नरोउ नभन

३.सर्बोत्कृष्ट मौलिक गीत (गायक)
क. रेशम निर्दोष : थर दिन्छौ र
ख. जितन भाई श्रीष : यानीमायाँ
ग. कृष्ण गैरे : मुटु रेटिन्छ
घ. चक्र बुढा मगर : मायाँ तिम्रो साथैमा जाँउला
ङ. सुदिप सिंजाली मगर : यो मन दोमन भयो

४.सर्बोत्कृष्ट मौलिक परम्परागत गीत (गायक)
क. युबराज छन्त्याल : नाँच्न मन लाग्छ
ख. चेतन गोतामे : बारपाक गाँवैमा
ग. डोलराज न्यौपाने : हाई साँहिली
घ. लिल सुगम छन्त्याल : मगर मेला
ङ. टंक आउजी : प्यारो बैंशको

५.सर्बोत्कृष्ट मौलिक गीत (नव गायक)
क. सन्तोष बुढाप्रिथी : आज रोधि बस्ने हो
ख. राजु अधिकारी :पाल्पाली मायाँ (सालैजो)
ग. दिपकराज बिश्वकर्मा : साँहिली
घ. बिश्वराम तिमल्सीना : पानी कुवाको
ङ. कृष्ण दोङ : डेटिङ बसौला

६.सर्बोत्कृष्ट मौलिक गीत (गायिका)
क. फुलमायाँ के.सी. : बाग्लुङ बजारमा
ख. सपना सुनाम दर्जी : सुन साँहिली
ग. कल्पना कुसुम : मुलको पानी
घ. रितिका कुवँर : माछी खोलामा
ङ. श्यामकला भण्डारी : रमाईलो

७.सर्बोत्कृष्ट गायक
क. अलिफ खान : जाले रुमाल बैना
ख. पुरुषोत्तम गैरे : पिंजडाको चरी
ग. गोबिन्द पौडेल : बैंशको फुल
घ. अर्जुन कुवँर : दुख्दो रैछ दिल
ङ. डोलराज परियार : के छ कमली

८.सर्बोत्कृष्ट गायिका
क. रुपा घर्ती मगर : निर्मोही
ख. सर्मिला बिश्वकर्मा : आज संगै
ग. अमृता श्रीपाल : राजा रानी २
घ. रजनी लामा : मिठो बोलीले
ङ. पुजा देबकोटा : मैले मात्रै सम्झेर

९.सर्बोत्कृष्ट भाका
क. धर्मराज गीरी : निरजाले
ख. रामु बिरही : चिसो रातैमा
ग. सुमन ढकाल : कालि गंगा
घ. जितन भाई श्रीष : यानीमायाँ
ङ. कमल परियार : रुनु पर्ला सानु

१०.सर्बोत्कृष्ट शब्द रचनाकार
क. रमेश पाल्पाली (अबिरल) : यो मन जलाई जलाई
ख. खिमानन्द खराल : आमा तिम्रो तस्बिर दैलामा
ग. युबराज छन्त्याल : गाउँको मायाँ लाग्छ
घ. सुर्य कुमार परियार : शिरफुल झर्यो
ङ. गणेश खनाल : म त ठिटो गाउँले

११.सर्बोत्कृष्ट नव गायक
क. सिद्धार्थ आले मगर : मनैमा हजुर
ख. बिर्ख बिश्वकर्मा : बाटुली
ग. लक्ष्य बिश्वकर्मा : खरको झुप्रो छ
घ. असोक अधिकारी : चखेवा जोडी
ङ. शेखर अधिकारी खत्री : पराईको डोली

१२.सर्बोत्कृष्ट नव गायिका
क. राशी रिजाल : परानी
ख. पुनम सुनार : लाहुरे मायाँ
ग. तुलसा गाहा : धुरु धुरु राई रहने मायाँ
घ. लक्ष्मी नेपाल : बैशको फुल
ङ. दिपिका बस्नेत : मेरो ज्यान हजुर

१३.सर्बोत्कृष्ट नव भाका
क. पार्वती बाँनियाँ : चासो मायाँको
ख. अनमोल वली : लागें कतार
ग. उमेश चन्द ठकुरी : मायाँ गर्छु म
घ. दिपक रसाली : सपनीमा आउँदै गरे है
ङ. रिजन न्यौपाने : नाई नभन्नु

१४.सर्बोत्कृष्ट नव शब्द रचनाकार
क. राजेश भण्डारी : शिब भजन
ख. सुमित्रा भुजेल : मायाँको बिश्वास ठुलो
ग. गणेश घिमिरे : चासो मायाँको
घ. शिब भट्टराई : रुखो बोली
ङ. सुशिल क्षेत्री : सेतो पेपर

१५.सर्बोत्कृष्ट छायाँकन
क. कृष्ण शर्मा : पश्चाताप
ख. मुकेश नेपाली : सिमसिमे पानी
ग. संजय बुढाथोकी : जाम भो साँईली
घ. केशब अधिकारी : आउँछु घरैमा
ङ. बसन्त मर्हजन : बिरहको तिज

१६.सर्बोत्कृष्ट म्यूजिक भिडियो मोडल पुरुष
क. प्रकाश शर्मा : चर्कियर मेरो भाग्य
ख. शिशिर पौडेल : किनारा
ग. सन्तोष शर्मा : एक्लो पिपलु
घ. रेशम नेप्किङ : मलाई मायाँ गछौं र
ङ. प्रकाश कंडेल (गुलेली कान्छा) : बैतडीमा बाघ आयो

१७.सर्बोत्कृष्ट म्यूजिक भिडियो मोडल महिला
क. जुना गुरुङ : मुटु रेटिन्छ
ख. रमा ठकुरी : सारी सरक्कै
ग. करिष्मा परियार : रुखो बोलेनी
घ. दिपा शाही : कर्णाली तिर
ङ. प्रतिमाराज घतानी : भिरैमा उनियो

१८.सर्बोत्कृष्ट म्यूजिक भिडियो नव मोडल पुरुष
क. पुष्कल भट्टराई : दुख्दो रैछ दिल
ख. कमल परियार : मोहनी
ग. शरण थामी : लाग्यो भिषा
घ. राजु प्रताप मल्ल : के छ कमली
ङ. कृष्ण कार्की : कालो मसी

१९.सर्बोत्कृष्ट म्यूजिक भिडियो नव मोडल महिला
क. बिजया बिश्वकर्मा : पात बजाउँदै
ख. प्रितिका सापकोटा : जाडो महिनामा
ग. प्रेक्षा बानियाँ : दुख्दो रैछ दिल
घ. मायाँ न्यौपाने : लाग्यो भिषा
ङ. सृष्टी बिश्वकर्मा : झल्को

२०.सर्बोत्कृष्ट म्यूजिक भिडियो मोडल अभिनय (पुरुष)
क. दिप्शन क्षेत्री : भिरमा रुदै छु
ख. सन्तोष शर्मा आचार्य : मायाँ छुटेसी
ग. रुद्र श्रेष्ठ : मेरो भाग्य
घ. श्री कृष्ण घर्ती : प्युठानको बजारमा
ङ. .सबिन खड्का : सम्झनाले हो

२१.सर्बोत्कृष्ट म्यूजिक भिडियो मोडल अभिनय (महिला)
क. देवा पौडेल : चर्कियर मेरो भाग्य
ख. अनुजा सिंह : दिल राजा दिल रानी
ग. परी क्षेत्री : पाल्पा दरबार
घ. आरती बुढा : एकान्तमा
ङ. झरना बि.शी. : बिन्ति सानु

२२.सर्बोत्कृष्ट म्यूजिक भिडियो मोडल नृत्य (पुरुष)
क. अमित सुनार : पात बजाउँदै
ख. गणेश भट्ट : मै साब
ग. गोबिन्द लामा : ज्यान चोखो
घ. धिरज कोईराला : डोको चोयाको
ङ. शाहिर के.सी. : अमिलो साँधेको

२३.सर्बोत्कृष्ट म्यूजिक भिडियो मोडल नृत्य (महिला)
क. लक्ष्मी राउत : निरजाले
ख. मनिषा लामा : लान्छु आज
ग. जिशु कोईराला : कसो गर्नी होला
घ. एलिशा धमाल : मोहोनी नजरै
ङ. मञ्जिला बुढाथोकी : दशैं आयो

२४.सर्बोत्कृष्ट म्यूजिक भिडियो निर्देशक
क. शिबजी क्षेत्री : मै साब
ख. हेम नारायण श्रेष्ठ : कान्छु तिम्लाई
ग. दिनेश सिंह ठकुरी : दुख्दो रैछ दिल
घ. पंकी सुरज : अमिलो साँधेको
ङ. बिनोद सुन्दाश : आफै रुनु पर्ने

२५.सर्बोत्कृष्ट संगीत संयोजक
क. कृष्ण के.सी. : बेनी बजारैमा
ख. रमेश सेञ्चुरी : रुनलाई त हो नि मायाँ लाउनी
ग. धिरज श्रेष्ठ (पाल्पाली) : जाम लाहुर
घ.कृष्ण लामिछाने : मुरली धुन
ङ. हेमराज डाँगी : ईतिहास

२६.सर्बोत्कृष्ट दोहोरी साँझ (गायिका)
क. सपना रोका : जुनकीरी दोहोरी साँझ
ख. झरना नेपाल : फेवा रोधिघर
ग. गोमा परियार : कान्तिपुर दोहोरी साँझ
घ. हरीकला सुनार : खसेउली रोधिघर
ङ. सिम्रन कुवँर : गाँउ शहर दोहोरी साँझ

२७ .सर्बोत्कृष्ट प्रत्यक्ष दोहोरी (गायक/गायिका)
क. तारा थापा
ख. दिक्षा सुनार
ग. राम परियार
घ. शंकर सुनार
ङ. बिरता पुन मगर

२८.सर्बोत्कृष्ट पर्व गीत (गायक)
क. मोतीराज खनाल : सम्झनाले हो
ख. सन्तोष दवाडी : गाजलु काला
ग. सन्तोष शर्मा आचार्य : चाँदिका बाला
घ. धिरज श्रेष्ठ (पाल्पाली) : मकै बारीमा
ङ. सन्तोष बुढाप्रिथी : हात्ति आयो लस लस

२९.सर्बोत्कृष्ट पर्व गीत (गायिका)
क. सुस्मिता क्षेत्री : मायाँ पैचो
ख. चन्द्रावती नेपाली : दशैं तिहार मान्न
ग. हेमा राना मगर : ब्रत मायाँलु
घ. अनु राना : दशैं मनाय
ङ. रञ्जु नेपाल : बैंश जोबान

३०.सर्बोत्कृष्ट काठे गीत (गाायक)
क. ईश्वर सापकोटा : आकाशैमा जुन छ
ख. रुपक परियार : खानीखोला छेउ
ग. कुमार चालिसे : साल बिसौनी
घ. बिदुर खड्का : मेरो परान
ङ. बिष्णु थापा : ज्यान चोखो

३१.सर्बोत्कृष्ट काठे गीत (गायिका)
क. सुबिना श्रेष्ठ : सुनकोसी दोभानमा
ख. कल्पना श्रेष्ठ चौलागाई : साल बिसौनी
ग. कोपिला तामाङ वाईबा : आकाशैमा जुन छ
घ. मिरा शिवाकोटी : जाउँ उदै उदै
ङ. बिन्दु परियार : भँगेरीको गुड

३२.सर्बोत्कृष्ट भाषा भाषी गीत
क. सुरेश राना : जुन तारा
ख. दिनेश भण्डारी : लाग्छ राम्रो
ग. तेज तिखातरी : आईगयो बड्डो
घ. डम्मर चन्द : माछाी खोलामा
ङ. रुपेश कार्की : बाँच्नी आधार

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend