logo
  • शुक्रबार, असोज ९ २०८३

गुल्मीको एक विद्यालयमा सरस्वतीमाताको अपमान, भिडियो सहित


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सज्जन ढकाल, गुल्मी माघ ३ ।
गुल्मीको कालीगण्डकी गाउँपालिका वडा नम्बर ७ भुर्तुङ्ग छापचौरको श्री दुर्गाभवन माविमा सरस्वतीमाताको अपमान भएको छ । सरस्वतीमाता विद्याकी खानी हुन् । शिक्षक शिक्षिकाले शैक्षिक मर्यादा, शिक्षा ऐन, नियमावलीको धज्जी उडाउँदै कार्यकक्षमै नाचगान गरेपछी सरस्वती माता अपमानित भएकी हुन् । जस्को पछिल्लो समयमा चौतर्फी आलोचना भैरहेको छ ।

शिक्षा आर्जन गर्ने पवित्र पाठशाला भित्र शिक्षक शिक्षिकाकाे अमर्यादित क्रियाकलापले सिङ्गो विद्यालयको गुल्मी जिल्लामै बदनाम भएको छ । नाचमा सक्रिय एक शिक्षीका शिक्षा ऐन बिपरित पार्टी संगठनमा कृयासिल रहेको खुलेको छ।

उनि कुनै एक राजनीति दलको महाधिवेशन २०७८ प्रदेश “क”बाट प्रतिनिधित्व गर्दै गुल्मी क्षेत्र नम्बर १ को क्षेत्रीय सहसचिवको पदमा उम्मेदवार बन्दै पराजित भएकी हुन् । यो कानुनी राज्यको ठाडो उलंघन हो । अधिवेशनको समयमा विद्यालयको पठन पाठनमा समेत असर परेको स्थानीय बासिन्दाले बताउछन् । यस विषयमा विद्यालय प्रशासन मौन रहेको छ ।

विद्यालय प्रशासनको आडमा यस्ता हर्कत गरिएको हो । राजनीति संरक्षणमै पठन पाठनलाई धावा बोल्दै पदिय मर्यादाको उलंघन गर्नु राम्रो विषय होईन । पछिल्लो समयमा निकै चर्चित अरेली काडैले मलाई च्वास्सै च्वास्सै भन्ने गितमा नाच्दै सरस्वती माताको अपमान गर्ने क्रियाकलाप भएको छ ।

विद्यालयको कार्यकक्षलाई रोधी घर बनाउनु दु:खद रहेको एक अभिभावकले बताए । यस विषयमा स्थानीय निकाय अनविज्ञ रहेको श्रोतले जनाएको छ । शिक्षकको पेशागत मर्यादालाई राजनीति आडमा प्रदूषणको चक्रमा दुषित गराउनु संविधान ऐन बिपरित रहेको छ । तसर्थ यस्ता शिक्षक शिक्षिकालाई मर्यादित बनाउन कानुन बमोजिम कारबाहीको भागिदार बनाउन जरुरी देखिन्छ ।

नाचगान गर्नु गराउनु बेग्लै कुरा हो तर नाचगानको नाममा कार्य कक्षमै विकृति फैलाउन प्रोत्साहन गर्नु राम्रो काम हैन । यस्तो हर्तकले गर्दा सयौं बालबालिकाको भविष्य अन्धकार हुने देखिन्छ । शैक्षिक क्षेत्रनै रोधिघर बन्न पुगेपछि साना-साना बालबालिकाको मन मस्तिष्क मनोविज्ञानमा ठूलो असर पुगेको छ ।


हेरौं शिक्षक शिक्षिकाले विद्यालयको कार्यकक्षमै गरेको नाचागान।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend