साझा नेटवर्क
कमल पौडेल, बागलुङ माघ २ ।
नेकपा माओवादी केन्द्र गण्डकी प्रदेश सचिवालय सदस्य एवं जिल्ला कमिटि बागलुङका अध्यक्ष राजिव घिमिरेको ममतामयी माता स्वर्गिय भगवती घिमिरेको सातौं दिनको पुण्य तिथिमा बागलुङमा क्रियाशिल राजनैतिक दलहरुको तर्फवाट श्रद्धाञ्जली सभा सम्पन्न भएको छ।
सभामा नेकपा एमाले जिल्ला कमिटि बागलुङका अध्यक्ष हिरा बहादुर केसिले एउटा सहकर्मिको अभिभावक सवैको अभिभावक भएको भन्दै अभिभावक गुमाउँदा निकै पिडा वोध भएकोले हरेक शोकलाई शक्तिमा बदल्ने साझा संकल्प सहित समाज रुपान्तरणको अभिभारा पुरा गर्ने बताउनु भएको छ। युद्धको पृष्ठभूमिबाट सामाजिक रुपान्तरणका लागि संघर्षको मोर्चामा कलिलो उमेरबाट लागेको एउटा छोराको पछाडि हुने परिवार र आमाको हातको चर्चा गर्दै राजनितिकर्मिहरु परिवारसंगै ऐक्यवद्धता रहेको बताउनु भएको थियो।
अध्यक्ष केसिले सामाजिक रुपान्तरण सहितको सभ्य समाज निर्माण गर्ने आमाको सपना पुरा गर्ने दृढता सहित दिवाङ्गत आत्मको चिर शान्तिको कामना गर्दै श्रद्धाञ्जली तथा परिवारमा गहिरो समवेदना व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा नेकपा एकिकृत समाजवादी बागलुङका अध्यक्ष लाल बहादुर थापा, राष्ट्रिय जनमोर्चाका जिल्ला सचिव भिमलाल पोखरेल, नेपाल कम्यूनिष्ट पार्टिका केन्द्रिय सदस्य अनन्त केसि, नेकपा एमालेका जिल्ला सचिव विष्णु प्रसाद भुसाल, जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख होमनाथ सापकोटा, निसिखोला गाउँपालिकाका उपाध्यक्ष प्रेम घर्ति, नेकपा एकिकृत समाजवादीका जिल्ला सचिव भरत पूरी, उपसचिव वेद प्रसाद शर्मा, बडिगाड गाउँपालिका वडा नं. ३ का अध्यक्ष खड्क पुन, प्रेस चौतारी बागलुङका सल्लाहकार कमल पौडेल लगाएतको सहभागिता रहेको थियो।
कार्यक्रम नेकपा माओवादी केन्द्रका निसिखोला गाउँकमिटि अध्यक्ष नेता कुविर विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो।यसैविच खार माध्यमिक विद्यालयको तर्फवाट पनि श्रद्धाञ्जली सभा सम्पन्न भएको छ। विद्यालयका पूर्व प्रधानाध्यापक एवं पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कलाधर घिमिरेकी धर्मपत्नी स्वर्गीय भगवती घिमिरेको स्मृतिमा प्रधानाध्यापक यज्ञ घिमिरेले श्रद्धाञ्जली सामाग्रि वाचन गर्दै हस्तान्तरण गर्नुभएको थियो। कार्यक्रम विद्यालयका शिक्षक प्रकाश घिमिरेको सञ्चालनमा सम्पन्न भएको थियो।
आज सातौंदिनको पुण्य तिथिमा नेकपा माओवादी केन्द्र निकट दलित मुक्ति मोर्चा लगाएतका संगठनहरुले श्रद्धाञ्जली व्यक्त गरेका थिए। भगवती घिमिरेको यहिँ पौस २५ गते ६८ वर्षको उमेरमा निधन भएको थियो। घिमिरेका राजिव सहित २ छोरा र ३ छोरी हुनुहुन्छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend