साझा नेटवर्क
कमल पौडेल,बडिगाड पुष २९ ।
गिरिङ्दीखोला लघुजलविद्युत सहकारी संस्था लिमिटेड बडिगाड गाउँपालिका वडा नं. २ को ११ औं वार्षिक साधारण सभा खर्वाङमा सम्पन्न भएको छ ।
सभाको उद्घाटन गर्दै बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमसेन वनले गाउँपालिका भित्रका लघुजलविद्युतहरुको दिगो व्यवस्थापनको लागि काम गरिरहेको बताउनु भएको छ ।
वीनरक लगाएत गैरसरकारी संस्थाहरुसंग मिलि नेट मिटरिङ तथा हाइड्रोजन ग्याँस उत्पादनको लागि गाउँपालिकाकै समन्वयमा काम भैरहेको जानकारी दिँदै उपाध्यक्ष वनले लघुजलविद्युतको व्यवस्थापनमा गाउँपालिकाले ध्यानपुर्याउने बताउनु भएको छ ।
विद्युत आयोजनालाई दिगो बनाउन पोल तथा तारको सुरक्षा र सरसफाईमा उपभोक्ता समेत सचेत हुनुपर्ने भन्दै उपाध्यक्ष वनले उपभोक्ता कमजोरीको जिम्मा समितिले लिन नसक्ने दावि गर्नुभयो ।
कार्यक्रममा बडिगाड गाउँपालिका वडा नं. १ का अध्यक्ष बोम बहादुर थापा, वडा नं. २ का अध्यक्ष ढाल प्रसाद शेरचन, लालीगुराँस बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इश्वर थापा, त्रिभुवन नमुना माविका प्रधानाध्यापक ढालमणि भण्डारी लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सभाले अध्यक्ष वेल बहादुर थापाले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९÷८० को प्रगति प्रतिवेदन तथा आर्थिक वर्ष २०८०÷८१ को भावि कार्ययोजना, कोषाध्यक्ष सुर्य बहादुर अधिकारीले प्रस्तुत गर्नुभएको गत आर्थिक वर्ष २०७९÷८० को ३ करोड ६९ लाख ७६ हजार ६ सय २९ रुपैयाँ बरावरको आर्थिक प्रतिवेदन तथा सचिव दुर्गादत्त अर्यालले प्रस्तुत गर्नुभएको चालु आर्थिक वर्ष २०८०÷८१को अनुमानित बजेटलाई पारित गरेको छ ।
कार्यक्रम अध्यक्ष वेल बहादुर थापाको अध्यक्षता उपाध्यक्ष विष्णमायाँ अर्यालको स्वागत मन्तव्य तथा सचिव दुर्गादत्त अर्यालको सञ्चालनमा सम्पन्न भएको थियो। ९ सय ३० जना शेयर सदस्य रहेको ७५ किलोवाट क्षमताको परियोजनाबाट १ हजार ४६ उपभोक्ताले विद्युत उपयोग गर्दै आइरहेका छन् ।
२०६४ सालदेखि विद्युत उत्पादन सुरु गरेको लघुजलविद्युत परियोजनालाई २०६६ सालमा सहकारीमा रुपान्तरण गरिएको थियो । सहकारीकै लगानीमा २०७९ साल असार १२ गतेदेखि ३० किलोवाट क्षमताको लोअर गिरिङ्दी खोला लघुजलविद्युत आयोजना समेत सञ्चालनमा रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend