साझा नेटवर्क
रंजित चौरसिया,वीरगंज पौष २२ ।
पोखरिया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजय कुमार श्रीवास्तव भ्रष्टाचारजन्य कार्यलाई बढावा दिदै आईरहेको आरोप लाग्न थालेको छ । अधिकृत श्रीवास्तव हेल्थ इन्सपेक्सन ७ औं तहको कर्मचारी भए पनि सो तहको दरबन्दी पोखरिया नगरपालिकामा नरहेको र उनी स्वास्थ्य मन्त्रालयको अधिकारीहरुलाई प्रभावमा पारी काजमा खटिदै आएको बताईन्छ ।
भ्रष्ट अधिकृत श्रीवास्तवले २०८०÷६÷१८ गते देखि निमित्त प्रमुख प्रशासकीयको कार्यभार सम्हालदै भुजापकौडीको नास्ता पसल देखि कार्यालयको हरेक भुक्तानीमा कमिशनको मामिलामा आतंक नै मच्चाएको कर्मचारीहरुले नै बताउन थालेका छन् । संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अधिकृत श्रीवास्तवलाई गत असोज १८ गते देखि बढीमा २ महिनाको लागि जिम्मेवारी दिए पनि उनी पर्साका एक जना जनमत पार्टीका नेतालाई मोटै रकम दिई आफ्नो म्याद पुनः दुई महिनाका लागि थप्न लगाएको स्रोतको भनाई रहेको छ ।
जनमत पार्टीका नेता र सामान्य प्रशासन मन्त्रालयका अधिकारीहरुलाई अधिकृत श्रीवास्तवले रकम बुझाउदै आफ्नो म्याद थप्न लगाउदै पोखरिया नगरपालिकामा भ्रष्टाचारको मामिलामा यति सानै अवधिमा गन्हाईसकेको बताईन्छ । अनुभवबिहिन रहेका अधिकृत श्रीवास्तव र जिन्सी प्रमुख मनोज साहको मिलोमतोमा सामानै खरिद नगरी लाखौं लाख भुक्तानी गरिएको जनाईएको छ ।
उनी दुबै जना रक्सी खानमा माहिर रहेकाले पोखरिया कार्यालयबाट निस्किदा ड्राईपोर्ट, चण्डालचौक वा त्यहाँ समय नभ्याए बाईपासको होटलहरुमा दैनिक जमघट नै गरी रक्सीको स्वाद लिदै भ्रष्टाचारको तानाबाना बुन्दै आएको स्रोतको कथन रहेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend