logo
  • शनिबार, साउन ३० २०८३

“नयाँ शान्तिदिप युबा क्लबले २५ औँ वार्षिक उत्सव भव्य रुपमा मनाउदै

खेलकुद तथा राष्ट्रिय स्थरका कलाकारको प्रस्तुति रहने


  • साझा नेटवर्क
  • शनिबार, साउन ३० २०८३

अनिल खत्री, गुल्मी पौष १९ |

बिकाश अनुशासन गतिशीलता,युबाहरुको प्रतिबद्धता भन्ने मुल नारालाई आत्मसात गर्दै जिल्लाको पुर्कोटदह गोलपोखरी रङ्गशालामा “शान्तिदिप युबा भलिबल रनिङ्ग शिल्ड “प्रतियोगिता गरिने भएको छ । नयाँ सान्तिदिप युबा क्लब मदाने गाउँपालिका ०६ पुर्कोट दह गुल्मीले आफ्नो २५ औ बार्षिकउत्सवको अबसरमा विभिन्न कार्यक्रम गरि मनाउन थालेको हो ।

माघ १६,१७,१८,१९ र २० गते गरि जम्मा ०५ दिन सम्म हुने कार्यक्रममा विभिन्न खेलकुद तथा सास्कृतिक कार्यक्रम गरिने क्लब सचिब सुरेश कुवरले बताए । क्लबले बिगतमा पनि यस्तै कार्यक्रम गरि बार्सिकउत्सब मनाउने गर्दथ्यो । विभिन्न कार्यक्रम मध्य ठूलो राशिमा खुल्ला पुरुष भलिबल प्रतियोगिता राखिएको छ । जसमा प्रथम हुनेले नगत ५०,००० सिल्ड ,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । तेस्तै दोस्रोले ३५,००० र तेस्रोले २०,००० प्राप्त गर्ने हुन । खुल्ला महिला भलिबलमा बिजेताले २०,००० र उपबिजेताले ११००० नगद प्राप्त गर्नेछन ।

कार्यक्रममा खुल्ला ब्याडमिन्टन प्रतियोगिता पनि आयोजना गरिएको छ जसमा बिजेताले २०,००० र उपबिजेताले ११००० प्राप्त गर्ने कुवरले बताए । पालिका स्थरिय प्रा बि नृत्य प्रतियोगितामा बिजेताले १०,००० र उपबिजेताले ५००० पाउने भएका छन साथै कार्यक्रममा राष्ट्रिय स्थरका तथा स्थानीय कलाकारको पनि प्रस्तुति रहने बताईएको छ । कार्यक्रमलाई सभ्य र भब्य पार्नको लागि सबैको साथ रहेको र कतिपय ठाउमा कार्यक्रमलाई हौसला दिने सबैलाइ निम्ता गरिएको छ ।

पत्र नपुगेको ठाउमा यसै सुचनालाइ आधार मानि उपस्थिति हुन तथा कार्यक्रममा नबुझेको कुरा थाहा पाउनको लागि क्लब सचिब ९८५७०८९२१४ र सह-सचिब ९८६७३७८८८७ मा फोन गर्न सकिने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend