logo
  • शुक्रबार, असोज ९ २०८३

केही सहकारीको बदमासीले सहकारी आन्दोलन बदनाम हुन लागेको अध्यक्ष जिसीको दावी


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

कमल पौडेल, १७, बडिगाड, बागलुङ ।जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमकुमारी जिसी अञ्जुले केही सहकारीको बदमासीको कारण सहकारी आन्दोलनले बदनामी ब्यहोर्नुपरेको बताउनु भएको छ। दिदी बहिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बडिगाड गाउँपालिका २, खर्बाङको तेह्रौं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै अध्यक्ष जिसीले महिला सशक्तिकरणमा सहकारीको मुख्य भूमिका रहेको बताउनु भयो। सहकारी मार्फत महिलाहरू आर्थिक उपार्जन र स्वआर्जनमा लागेको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष जिसीले महिलाको नेतृत्व थप पारदर्शितासमेत भएको दावी गर्नुभयो।

साधारण सभामा सहकारीका अध्यक्ष विष्णु अर्यालले भावी कार्यक्रम सहितको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष देउमाया रानाले ५ करोड ४४ लाख बराबरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। सभामा लेखा सुपरीवेक्षण समितिको तर्फबाट चमेलाले संस्थाको लेखा प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो।

सहकारीले साधारण सभाकै अवसरमा संस्थापकहरु मध्येका हिमा कुमारी खराल, मिना थापा र सिता थापा, ७० वर्ष पुगेका जेष्ठ सदस्यहरु कलिदेवि पुन, जिविमाया थापा, चन्द्रिदेवि अधिकारी, भिमा कुमारी अधिकारी, कर्ण कुमारी थापालाई सम्मान गरेको थियो। त्यस्तै उत्कृष्ठ बचत कर्तामा धनमाया पुन, बालवचत कर्तामा प्रतिक्षा राना, शेयर सदस्यका छोराछोरी मध्येबाट कक्षा १२ मा उत्कृष्ठ अंक प्राप्त गर्ने कोपिला वन, विद्यालयको तर्फबाट खड्कदेवी मावि लाई पनि सम्मान गरेको छ। 

कार्यक्रममा सारथी सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडका सचिव कमल पौडेल, संस्थापकको तर्फवाट हिमा खरेल, मिलन व्यवसायीक कृषि सहकारी संस्था लिमिटेडका अध्यक्ष दिन बहादुर केसि, नेपाल रेडक्रस सोसाइटि उपशाखा दगातुन्डाडाका सभापति खगिश्वर अर्याल लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। कार्यक्रम संस्थाका अध्यक्ष विष्णु अर्यालको अध्यक्षता, उपाध्यक्ष गिता पोखरेलको स्वागत मन्तव्य तथा सहसचिव पुस्पा थापाको सञ्चालनमा सम्पन्न भएको थियो।

२०६७ सालमा स्थापना भएको दिदि बहिनि वचत तथा ऋण सहकारी यस क्षेत्रकै पुरानो महिला सहकारीमा पर्दछ। ७३ लाख शेयर पुँजी रहेको सहकारीमा ३ करोड ४२ लाख वढि बचत रहेको छ। महिलाहरु मात्रै सहभागि सहकारीमा ७ सय ८३ जना सदस्य रहेका छन्।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend