logo
  • शुक्रबार, असोज ९ २०८३

नवलपरासीमा ७ लाख बढी रकम सहित एकजना पक्राउ


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

सहबान अन्सारी, नवलपरासी मंसिर २९ ।
नवलपरासीमा स्रोत नखुलेको ७ लाख ९ सय नेपाली रुपया सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

बिहिवार रामग्राम नगरपालिका वडा नं. ५ स्थितमा दक्षिणबाट उत्तर तर्फ जादै गरेको लु ५९ प ३२३९ नं. को मोटरसाईकललाई प्रहरीटोलीले रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकल चालक पाल्हिनन्दन गाउँपालिका वडा नं. २ हरपुर बस्ने वर्ष अन्दाजी १९ को मोहम्मद समिर धुनियालाई नगद सहित पक्राउ गरेको हो ।

धुनियाले लगाएको पाईन्टको गोजी र भित्री भागमा लुकाई छिपाई राखेको अवस्थामा स्रोत नखुलेको नेपाली रुपैया १ हजार दरका ४ सय थान, ५ सय दरका ६ सय थान र १ सय दरका १ थान गरी जम्मा ७ लाख ९ सय नेपाली रुपैंया फेला परेको हो ।

उक्त रकम र मोटरसाईकल सहित मानिस नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय रुपन्देही पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपरासीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend