logo
  • शुक्रबार, असोज ९ २०८३

अनुगमन: सिकार पासाेमा पार्ने खेल पर्यटन बनेकाे छ


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

अनुगमन तथा मूल्यांकन शाखा 

 अनुगमन (Monitoring) नीति, याेजना, कार्यक्रम तथा आयोजनाहरूमा स्राेत-साधनहरुकाे लगानी गर्दा निरन्तरको निगरानीमा संकलित तथ्याङ्कहरूको व्यवस्थित र वस्तुगत विश्लेषणका आधारमा समस्याकाे समाधान दिनु; प्रगतिकाे मापन गर्नु तथा लक्ष्यप्राप्तिकाे दिशामा उर्जा जोड्नु अनुगमन हाे । छोटकरीमा निरन्तर सुधारात्मक कार्यमुखी व्यवस्थापकीय औजार अनुगमन हाे । मूल्यांकन (Evaluation): सम्पन्न वा कार्यान्वयन भएका नीति, याेजना, कार्यक्रम तथा आयाेजनाहरुकाे वर्तमानमा सान्दर्भिकता , प्रभावकारिता ,उपयोगिता तथा क्षमता, प्रभाव, दिगोपनाको वस्तुगत एवं वैज्ञानिक लेखाजोखा गर्ने काम मूल्यांकन हाे । छोटकरीमा पाठ सिक्ने व्यवस्थापकीय औजार मूल्यांकन हाे ।

 स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत प्रति उत्तरदायी हुने गरि विभिन्न विषयगत शाखाहरु जसको नेतृत्व आयोगमा छानिएका (selected)अधिकृतहरुले गर्ने र कार्यपालिकाप्रति जवाफदेही हुने गरि विभिन्न विषयगत समितिहरु जसको संयाेजकत्व चुनावमा चुनिएका (elected) जनप्रतिनिधिहरुले गर्ने परिकल्पना गरिएकाे छ । पालिका उप-प्रमुखकाे संयाेजकत्व र अनुगमन तथा मूल्यांकन शाखा प्रमुखकाे सदस्य-सचिवकाे रुपमा पालिकामा अनुगमन तथा मूल्यांकन समितिको गठन गरिन्छ । कार्यालय प्रमुखको आदेश र निर्देशनमा सम्पूर्ण याेग्य र विज्ञ शाखा प्रमुखहरुले आ-आफ्नाे क्षेत्राधिकार भित्र रहेर नीति, याेजना, कार्यक्रम तथा आयाेजनाहरुकाे कार्यान्वयन गर्ने हाे । कार्यान्वयनकाे समानान्तर दिशामा उप-प्रमुखकाे संयाेजकत्वमा सम्पूर्ण शाखाहरुका कार्यहरुकाे अनुगमन र मूल्यांकन पनि भइरहेकाे हुनु पर्दछ । भाैतिक पूर्वाधार शाखाकाे कार्यसम्पादनकाे अनुगमन तथा मूल्यांकन भाैतिक पूर्वाधार विशेषज्ञले गर्ने हाे; जन-स्वास्थ्य शाखाकाे अनुगमन तथा मूल्यांकन जन-स्वास्थ्य विशेषज्ञले गर्ने हाे ; शिक्षा शाखाकाे शिक्षा विशेषज्ञले र याेजना शाखाकाे चाहिँ याेजना विशेषज्ञले । विज्ञ शाखा प्रमुखहरुकाे कार्य-सम्पादनकाे अनुगमन तथा मूल्यांकन गर्नकाे लागि आवश्यक पर्ने अतिरिक्त विषयगत विशेषज्ञहरुकाे सेवा-परामर्श खरिद गर्नकाे लागि अनुगमन तथा मूल्यांकनकाे शिर्षकमा बजेट विनियाेजन गरिएकाे हाे । 

कार्यालयमा बहालवाला जुनसुकै पदमा कार्यरत कर्मचारीहरूले अनुगमन तथा मूल्यांकनकाे नाममा अतिरिक्त भत्ता बुझ्नु-बुझाउनु आर्थिक अनियमितता हाे । उप-प्रमुखकाे संयाेजकत्वमा गठन हुने याे समितिले आर्थिक प्रशासन शाखा लगायत कार्यालय प्रमुखको समेत कार्यसम्पादन अनुगमन -मूल्यांकन गरि कार्यपालिकामा प्रतिवेदन पेश गर्दछ । त्यसैले अनुगमन तथा मूल्यांकन शाखा कार्यालयको व्यवस्थापकीय साधन हाे भने अनुगमन तथा मूल्यांकन समिति सिङ्गाे पालिकामा सामाजिक न्याय स्थापना गर्ने औजार हाे । विषयगत शाखा प्रमुखले आफूले सम्पादन गरेको कार्यको मूल्यांकित खर्चको बिलभर्पाई आर्थिक प्रशासन शाखाले रुजु गरेपछि कार्यालय प्रमुखको स्वीकृतिमा रकम निकासा हुने अभ्यास छ । तर यदि जनताको करबाट जम्मा भएको रकमको सम्मानजनक खर्च गर्ने हाे भने सम्पूर्ण कार्यहरूमा विषयगत विशेषज्ञ प्रत्यक्ष सहभागितामा मात्र अनुगमन तथा मूल्यांकन समितिको प्रतिवेदनको अनिवार्य व्यवस्था गरिनुपर्दछ ।

तथ्य, प्रमाण र परिक्षणले पुष्टि नगरेसम्म अपराध अनुसन्धानकाे क्रममा परिवारकाे सदस्यलाई नै अनुसन्धानको पहिलो घेरामा राखेर काम गरिराखिएको हुन्छ भन्ने प्रकियालाई हृदयंगम गरि सबै कार्यालयहरुमा अनुगमन तथा मूल्यांकन शाखालाई सक्रिय बनाइराख्नु पर्दछ । हामीले हाम्राे भाैतिक औजारहरुकाे प्रयाेग गरि हाम्रा कार्यहरूको परिमाण मापन गर्न सक्नेछौ ; हाम्रा भौतिक कार्यहरूको नमुना संकलन गरि प्रयाेगशालाका विभिन्न परिक्षण र जाँचबाट गुणस्तरकाे पनि मापन गर्न सक्नेछाै तर हामीले गरेका कार्यहरूको सर्वसाधारण जनताको आन्तरिक हृदयले अनुभव गर्न सक्ने गरि अदृश्य सामाजिक न्यायकाे अनुगमन र मूल्यांकन गर्न सक्ने क्षमता विकास गर्नु पर्नेछ । हामीले हाम्रा आफ्ना कार्यहरुकाे आत्मिक मूल्य स्थापना गर्न अनुगमन र मूल्याङ्कनका साधन र परीक्षणहरू सर्वप्रथम आफ्नै कार्यालय र कार्यस्थलतर्फ साेझाउनु छ । पर्यटन र अवलोकन जस्ताे देखिने गरेकाे अनुगमन र मूल्यांकनको धार परिवर्तन गर्नुछ, यसलाई सिकाइ र विकास (learning and development ) भन्दापनि माथि अनुसन्धान र विकास (research and development )काे अवधारणामा साक्षातीकरण गर्नुछ । सत्बुद्विकाे लागि सम्पूर्णमा शुभकामना …!!!

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend