साझा नेटवर्क
साझा नेटवर्क,दोहा मंसिर २६ ।
लुम्बिनी प्रदेश समन्वय परिषद कतारले आफ्नो स्थापना दिवसको शुभ अवसरमा रक्तदान कार्यक्रम गर्ने भएको छ । हमाद अस्पातलको ब्लड डोनेशन सेन्ट्ररमा आगामी १२ जनवरी २०२४ शुक्रवारका दिन रक्तदान कार्यक्रम गर्न लागिएको हो। परिषदको पाचौं वार्षिकोत्सव तथा छैटौं स्थापना दिवसको शुभ अवसरमा विगतका बर्षमा पनि रक्तदान कार्यक्रम गर्दै आएको छ ।
लुम्बिनी प्रदेश समन्वय परिषद, कतारको आयोजना र लुम्बिनी प्रदेश अन्तर्गतका सम्पुर्ण जिल्ला संस्थाहरुको सह आयोजनामा तपशिल बमोजिमको मिति तथा स्थानमा रक्तदान कार्यक्रम आयोजना गर्न गइरहेको परिषदका कार्यवाहक अध्यक्ष डिल्लीराम भट्टराईले साझा नेटवर्कलाई बताए । “रक्तदान एउटा मानव जिवनको लागि जीवनदान” हो यस पबित्र कार्यक्रममा सहभागिताका लागि कतारमा स्थापित सम्पुर्ण कृयाशिल संघ संस्थाका प्रमुख एवंम् बुद्धिजिवी, समाजसेवी, पत्रकार, तथा सम्पुर्ण नेपाली दाजुभाइ दिदिबहिनीजनहरुमा परिषदले हार्दिक अपिल गरेको छ ।
रक्तदान आफैमा मावन जीवनको लागि महत्वपूर्ण जीवनदानको रुपमा मानिन्छ । रक्तदान कार्यक्रमको तपशिल : मिति : शुक्रबार ,१३ जनवरी २०२३ समय : बिहान ८ः०० देखि दिउसो १ बजेसम्म । स्थान : हमाद हस्पिटल ब्लड डोनेशन सेन्ट्रर । सम्पर्कको लागि यहाँहरुलाई सम्पर्क गर्न सक्नुहुने छ । १) कार्यवाहक अध्यक्ष डिल्लीराम भट्टराई : ७७४६७६७० २) उपाध्यक्ष अक्तर हुसेन : ७७८७५५९९ ३) महिला उपाध्यक्ष मनिषा खड्का : ५५९०४२६३ ४) महासचिव टेकराज थापा : ६६४२९६४९ ५) सचिव सजन लौडारी : ६६७३११२९ ६) सचिव विकाश गैरे : ३०२१५२८२ ७) कोषाध्यक्ष देवराज पुन : ३३९४१०२२ ८) सहकोषाध्यक्ष केशर ब. के.सी : ५०६७५४०० ९) सचिवालय सदस्य झविन्द्र आचार्य : ७७५२५३८८ १०) सचिवालय सदस्य कृष्ण पन्थी : ५०३०७१५६
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend