logo
  • शुक्रबार, असोज ९ २०८३

प्रसौनी बाराका घुमुवा पटेल र केवटको आतंक, माथिल्लो निकाय मौन


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

रंजित चौरसिया,बारा २३ मंसिर। यस अनलाइनले शुक्रवार “ईप्रका प्रसौनी बाराका घुमुवाहरु पटेल र केवटको असुली धन्दा तिब्र” शिर्षकको समाचार प्रकाशन गरेपछि आतिएर घुमुवा केवटले सञ्चारकर्मीलाई फोन गरी अपशब्द प्रयोग गरेका छन् । ईलाका प्रहरी कार्यालय प्रसौनीमा कार्यरत प्रहरी सहायक हवल्दारद्वय सोनालाल पटेल र भागरित महतो केवट घुमुवाको रुपमा खटिई तस्करहरू सँग रकम असुली गर्दै गरेको समाचार प्रकाशमा आए पछि सहायक हवलदार पटेलले समाचार हटाई दिनु भन्दै आग्रह गरेका थिए भने अर्का हवलदार केवटले ९८०२०७४०३७ बाट फोन गरी बारा जिल्लाबाट केही नचलेको र पर्सा जिल्लाबाट अवैध कामहरू भइरहेकोले पर्सा जिल्लाको समाचार लेख्न उर्दी जारी गर्दै अपशब्द प्रयोग गरेको अडियो रेकर्ड यस अनर्लाइन सँग सुरक्षित रहेको छ ।

केवटले “त मेरो समाचार किन लेखिस् ? तिमी आफ्नो जिल्ला, गाउँको समाचार लेख, पर्सा जिल्लाको भिस्वाबाट अवैध कारोबार हुने गरेको छ त्यहाँको समाचार लेख, मेरो घर पनि भिस्वा हो, मलाई राम्ररी थाहा छ” भन्दै अपशब्द प्रयोग गरी मोबाइल फोन काटिदिए । ईप्रका प्रसौनी मातहत पर्ने बलिरामपुर, छतवा र जोतपुर लगायतका नाकाहरुबाट अवैध कारोबार गर्ने तस्करहरू सँग मासिक रुपमा नाकामै पुगी रकम असुली गर्दै आतंक मच्चाएका घुमुवाहरु पटेल र केवटले दिन “दु गुना रात चौगुना” अवैध चोरी कार्यलाई प्रश्रय दिई रहँदा माथिल्लो निकाय मौन रहेको पाइएको छ । केवट एक सहायक हवलदार भएर पर्सा प्रहरीलाई खुल्लै चुनौती दिई पर्सामा तस्करी भइरहेकोले त्यहाँको समाचार लेख्न उर्दी जारी गर्दै आफु “एनिहाउ पैसा कमाउ” धन्दामा सक्रिय रहेका छन् ।

शान्ति सुरक्षाको निम्ति खटिने नेपाल प्रहरीका केही यस्ता भ्रष्ट घुमुवाहरु चोरी तस्करी कार्यलाई प्रश्रय दिन थाले पछि पुरै संगठन नै बदनाम हुन थालेको बताईन्छ । घुमुवाद्वय पटेल र केवटले इलाका प्रहरी कार्यालय प्रसौनीका प्रमुख प्रहरी निरीक्षक बिनोद बोहरालाई प्रभावमा पारी अबैध कार्यलाई बढावा दिदै सत्येन्द्र, सुरेन्द्र, जुमुदिन, शत्रुधन, अनिल, बलिराम, संजय, धुरुप, संतोष, विजय, जुमराठी लगायतका व्यापारीहरूलाई पक्षपोषण गरिरहेको स्रोतको भनाई रहेको छ । सो नाका भएर रातिको समयमा भारतबाट लत्ताकपडा, हार्डवेयर, रजनीगन्धा, जुत्ता चप्पल, काजु, धान, प्रतिबन्धित औषधि लगायतका सामग्रीहरूको तस्करी कार्य निर्वाध रुपमा भइरहेको जो कोहीले पनि सजिलै हेर्न सक्ने स्थानियहरुको भनाई रहेको छ ।

इप्रका प्रसौनी मातहतमा पर्ने छतवा चौकीको विगत समयमा सहायक हवलदार पटेल घुमुवा बसिसकेकोले उनलाई सो क्षेत्रको तस्करी बारे राम्ररी जानकारी भएकोले विगत करिब ९ महिना देखि घुमुवाको रुपमा परिचालित रहेको प्रहरी स्रोतको कथन रहेको छ । यस सन्दर्भमा मधेश प्रदेशका डिआईजी जनक भट्टराई सँग मोबाइल फोन गरी प्रतिक्रिया लिन खोज्दा मोबाइल रिसिभ हुन सकेन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend