साझा नेटवर्क
काठमाडौं । गुल्मेली सर्जक एवम् गजलकार विजय खड्का “गगनको गीत “आगो छैन, धुवा छैन” सार्वजनिक भएको छ । गुल्मी जिल्ला धुर्कोट गाउँपालिका वडा नं २ पिपलधारा जन्म घर भई काठमाण्डौलाई कर्मथलो बनाएका पछिल्लो समय नेपाली कला र साहित्यको क्षेत्रमा लोकप्रियता कमाउँदै आएका विजय खड्काले फेरी अर्को गीत सृजना गरेका छन् ।
चर्चित आधुनिक गायक प्रमोद खरेलको स्वर रहेको गीतका सर्जक खड्काले उक्त गीतको डाइरेक्शन र अभिनय समेत गरेका छन्। यस गीतमा उनी सँगै उनकी जीवन सङ्गिनी अविदा खड्काले अभिनय गरेकी छिन् ।
विजय खड्का गगनले गजल, आधुनिक तथा लोक गीत समेत सृजना गर्दै आएका छन् । उनका पछिल्ला गीतहरु परदेशी दिदी ‘नबदिलन्छ जिन्दगी’ आधुनिक र गत वर्षको तीज गीत ‘ अडकिएन हत्केलामा इत्यादि हुन् ।
हेर्नुहाेस् भिडियो…
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend