logo
  • शुक्रबार, असोज ९ २०८३

कम्प्यूटर वल्र्डद्वारा राजस्व छलीको कार्यमा तिब्रता


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

 

रंजित चौरसिया,वीरगंज १६ मंसिर। वीरगंज महानगरपालिका लिंकरोडको उत्तरपट्टी आर्मी व्यारेक पछाडिको बाटोको पूर्वपट्टी अवस्थित कम्प्यूटर वल्र्ड नामक पसलले नेपाल सरकारको दिनहुँ लाखौं राजस्व छलिरहेको समाचार स्रोतले जनाएको छ । कम्प्यूटर वल्र्डमा कम्प्यूटर, ल्यापटप, प्रिन्टर लगायतका सामानहरु विक्रि हुने गरेको छ ।

सो पसलका सञ्चालक रबिन्द्र साहले केही सरकारी कार्यालयमा सामानहरु सप्लाई गर्दा मुल्य भन्दा बढीको बिल बनाएर कर्मचारीहरुलाई दिने गरेको ती स्रोतको भनाई रहेको छ । यसको अलावा ग्राहकहरुले सामान किन्न जाँदा भ्याट बिल नदिई साधारण बिल दिने गरेको बताईन्छ । सञ्चालक साहले ग्राहकहरुलाई तपाईलाई भ्याट बिल किन चाहियो ? साधारण बिल लिनुस केही भयो भने म छु नि भन्दै नेपाल सरकारको राजस्व छलिरहेका कम्प्यूटर वल्र्ड माथि नियमनकारी निकायको ध्यान नजाँदा सचेत नागरिकहरु आश्चर्यमा रहेका छन् । यस सन्दर्भमा सञ्चालक रबिन्द्र साह सँग तपाई ग्राहकहरुलाई भ्याट बिल नदिई नेपाल सरकारको राजस्व छलि राख्नु भएको छ भनि जिज्ञासा राख्दा उनले म अहिले पार्टीमा छु, भेटेर नै कुरा गरौंला भनि प्रतिक्रिया दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend